शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • गरिब बालिका माथि सधै अत्याचार हुँदा,

गरिब बालिका माथि सधै अत्याचार हुँदा,

  • शुक्रबार, जेष्ठ २८, २०७८
गरिब बालिका माथि सधै अत्याचार हुँदा,

गरिब बालिका माथि सधै अत्याचार हुँदा,
के हेर्छ सरकारले छोरिको बलत्कार हुँदा।

कता जान्छन यिनका प्रशासन मौन छन,
देशै भरी यस्ता घटनाहरु बारम बार हुँदा।

अबत गरिबले भाला खुकुरी उठाउनै पर्छ,
सदै अन्याय र अत्याचारले दिकदार हुँदा।

उठौँ जुटौँ गरिब किसान कुल्लि कर्मिहरु,
लड्नै पर्छ शंघर्शनै मुक्तिको आधार हुँदा।

हो केछ गुमाउँने नेल र हत्थकडी बाहेक,
निडरहौँ जित्नलाई यो सारा संसार हुँदा।

जुट्नै पर्छ संसारका मुक्ति कर्मिहरु अब,
बर्गशंघर्ष नै एकमात्रै हाम्रो औजार हुँदा।

एउटा देशभक्तको मुटुपिरो हुन्छ घटनाले,
राष्ट्रीयता र जनतन्त्र सँग पनी प्यार हुँदा।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार