बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • आत्मबिस्वाश उपयोगीता सफलता र खुसी ….?

आत्मबिस्वाश उपयोगीता सफलता र खुसी ….?

  • शुक्रबार, जेष्ठ २८, २०७८
आत्मबिस्वाश उपयोगीता सफलता र खुसी ….?

जिबन उपयोगीताको लागी मैले मेरो जिबन मा आफुले भोग्दै आइरहे जिबन जगत र आत्मा इमान्दारिता प्रती बटुलेका केहि अनुभब हरु बाडनको निमित्त फुर्सद को समयमा लेख्ने गरेका हरेक लेख हरु मन पराइ दिनु भयको छ आभारी छु मैले लेखेका हरेक सब्द हरुले हजुर हरु हरु ले आफ्नो जिबन मा लागु गर्दै अघि बढनु हुने छ । र हरेक पाइलामा खुशी प्राप्त हुनेछ

आफुले आफ्नो आत्मा प्रती इमान्दारिता बन्नु र जिबन मा खुसी प्राप्त गर्नु नै पहिलो सफलता हो । बिगत लामो समय देखि Cobide19 को संङ्कर्मणमा भै मुक्त भैरहदा पनि सरिरले पहिले जस्तो साथ नदियको कारण म सम्पर्कमा रहन र रचनात्मक कलम चलाउन सकिरहेको थिइन ।

जन्मदेखि मृत्युसम्म हामी एकपछि अर्को कर्म गर्छौं । दैनिक आवश्यकता पूर्तिका साथ आफ्नो धन, मान, मर्यादा, सफलता, असफलता सबैमा हाम्रो कर्मको सीधा हात रहन्छ । कर्मले नै हाम्रो जीवनको दिशा निर्धारण गरेको हुन्छ । कोही आफ्नो कर्मका कारणले सुखी छन् त कोही कर्मकै कारणले दु:खी । कसैले अरूको खुसी बढाउने कर्म गर्छ भने कसैले अरूको दु:ख बढाउने । कतिले आफ्नो जीवन अरूलाई दान दिनुलाई आफ्नो कर्म बनाएका छन् भने कतिले अरूको जीवन लिनुलाई आफ्नो कर्म । एकदिनमा अधिकतम २४ घन्टा हामीसँग कर्मका लागि उपलब्ध छ जसलाई हामीले अनेक तरिकाले प्रयोग गर्छौं । यद्यपि सबैले कर्मको लगानी उत्तिकै गरे पनि प्रतिफल भने यति धेरै फरक हुनसक्छ । दुई र दुई जसले जहाँ जोडे पनि चार हुन्छ–एउटा अनपढ व्यक्ति र महान् वैज्ञानिक आइन्स्टाइनमा यसले फरक गर्दैन तर क्षणिक कुरा हेरेर दूरगामी सोच नराखी गरिने कर्मको फल कम प्राप्त हुन्छ । यस्तो अवस्थामा हामीभित्र रहेको अभावको वातावरणले कर्मलाई ग्रसित तुल्याउँछ र परिणाम सुखद् हुन पाउदैन ।
हामी सकारात्मक सोचले भरिन सक्यौं भने नकारात्मक सोचले ठाउँ लिन सक्दैन । सोच र दृष्टिकोणमा फरक छ । सोच हाम्रो विचार हो भने दृष्टिकोण हाम्रो हेराइ । कसैको सकारात्मक सोच छ भने पनि हामी त्यसमा हाम्रो दृष्टि लगाउँछौं र आफ्ना तर्फबाट मूल्यांकन गर्छौं । आफ्नो कथा–व्यथा जोड्छौं र आफ्नै अर्थ लगाउँछौं । सकारात्मक प्रशंसा गर्ने बानी भयो भने हाम्रो सोचाइ सकारात्मक हुन्छ । कसैको उन्नति, प्रगति र असल व्यवहारको प्रशंसा गर्ने बानीले आफ्नो पनि विकास हुन्छ । अरुको प्रगति र असल व्यवहारलाई घमण्डको संज्ञा दिन हामी पछि पर्दैनौं । यसले हाम्रो अन्तर विकास पक्कै गर्दैन । सबैको भलो होस्, सबैको राम्रो होस्, जताततै राम्रो देख्न पाइयोस् भन्ने सकारात्मक भावना राख्ने हो भने त्यही नै देख्न पाइन्छ । जसरी हामी हाम्रो धन व्यापार–व्यवसायमा लगानी गर्छौं त्यसैगरी हाम्रो सोचलाई सकारात्मकतातर्फ लगानी गर्नु जरूरी छ ।
जीवन बनाउन होइन जिएर हेरौं, पूर्णताका साथ जिएर हेरौं । हामीले जीवन सुखी बनाउन र अनुहार सुन्दर तुल्याउन जति दौडधूप गरेका छौं कतै दौडदा दौडदै, जीवन जिउन बिर्सिएका त छैनौं आज यो महामारी बाट प्रष्ट छ …? सु:ख र खुसी कहीँ कुनै वस्तुमा छैन । हामीले गरेका हरेक कर्ममा सुख र खुसी लुकेका छन् त्यसलाई चिन्न सक्यौं भने कतै खोज्न भौंतारिनु पर्दैन । किनभने घटना र परिस्थितिभन्दा जीवन महत्वपूर्ण छ, यद्यपि जीवन घटनाहरूको जोड हो । कुनै वस्तु भन्दा व्यक्ति महत्वपूर्ण छ । कुनै सिद्धान्तभन्दा हाम्रो सम्बन्ध महत्वपूर्ण छ । त्यसैले रचनात्मक कर्महरूलाई महत्व दिएर सादा जीवन उच्च विचारसहित जीवन जिउनुमै हाम्रो सार्थकता छ, जुन हामी आफैले व्यवहारमा अँगालेर आनन्दित जीवन जिउन सक्छौं । एउटा मानिस आनन्दित, सुन्दर विचार र सुन्दर कर्मले पूर्ण हुनासाथ त्यो घर शान्त, आनन्दित र पूर्णताको आभाष हुन्छ । जसरी नारी नभएको घर पूर्ण हुँदैन त्यसरी नै सकारात्मक सोच नभए हरेक मानिस मातृत्वको गुण पाएर पनि पूर्ण हुन सक्दैनन् । सभ्यताको सुरुवातदेखि नै मानिसका सबै जाति, यो अधूरोपनमा पूर्णता ल्याउन हरेक मानिस को योगदान आवश्यक छ र त्यसमा पनि मानब मा सकारात्मक सोच आवश्यक छ ।
जिबन र जगत लाइ कसरी समाल्न सकिन्छ र सकारात्मक सोच आफु मा कसरी सिर्जना गर्न सकिन्छ भन्ने प्रस्न हरेक दिन सोच्ने गर्थे म आफै जिबन का हरेक पाइला मा अफठ्यारा चुनौती हरु सिर्जना भय हरेक चुनौती हरुलाइ सकारात्मक सोच सहित सफलता का सुत्र कै रुप मा जिबन मा प्रयोग गरे मन मा पिडा भय पनि ओठमा कहिले मुस्कान को कमि आउन दिइन आज हरेक संघर्ष का बाबजुतसकारात्मक इस्पिज ले मन जित्दै यहासम्म जिबन आइ पुगेको थियो मेरो जिबन आसा छ बाकी जिबन अझै रंगिन बन्ने छ सफलात प्रती भौतारि रहनु भयको छ भने जिबन र जगत को बिच मा चुनौती सग अल्झिरहनु भयको छ भने सबै भन्दा पहिले आफ्नो आत्मा प्रती इमान्दाती बन्नुस मन मा हरेक सब्द र जिबन मा आउने चुनौति हरु लाइ सकारात्मक रुपमा ग्रहण गर्नुहोस हरेक दिन मुस्कुराउन सिक्नुस हजुर को मुस्कान ले पनि आत्मा शक्ति मजबुत हुदै जाने छ !! अहिले covide19 को महामारी सगै सम्पुर्ण मानबजातिको जीवन अस्तबेस्त भयको छ जीवन अस्ताइरहेको महसुस भैरहेको छ धेरै को परिवारमा खुसी लुटियको छ ।
कतिले श्रिमान गुमाउनु परेको छ त कति ले श्रीमती कति छोरा छोरि त कतिले बुबा मम्मी आफन्तजन कति ठूलो बज्रपात परिरहेको छ मानव जिन्दगीमा !
यो अबस्थामा कसैको साथ अनि कसैको अभाव इसरा गर्दै बदिरहेका हुन्छन निर्दोष आँखा अनि हत्केला हरुले मन भकान्निन सक्छ आसु हरु अथाह बगिरहेका हुन्छन तर पनि समलिन सकिनु पर्छ ! र मुक्सुक हास्नै पर्छ । त्यही मुस्कान र प्राप्त भयको खुसि लाखौ सुभचिन्तक को जिबन मा सकारात्मक जिबन सुन्दर र जिबन जिउने उपयोगी किताब बन्ने छ ।

चर्चामा

सम्बन्धित समाचार