शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • दुर्घटनामा परेको मोटरसाइकलमा लागूऔषध भेटियो, तीन जना पक्राउ

दुर्घटनामा परेको मोटरसाइकलमा लागूऔषध भेटियो, तीन जना पक्राउ

  • शुक्रबार, जेष्ठ २८, २०७८
दुर्घटनामा परेको मोटरसाइकलमा लागूऔषध भेटियो, तीन जना पक्राउ

दुर्घटनामा परेको मोटरसाइकलमा लागुऔषध भेटीएको छ।

मोरङको पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१० भाउन्ने नजिक बिहीबार बिहान दुर्घटनामा परेको मोटरसाइकलमा लागूऔषध भेटिएपछि प्रहरीले तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–९ का ३५ वर्षीय चेवनकुमार धमला, २५ वर्षीय विशाल भनिने खेम भट्टराई र सुनवर्षी नगरपालिका–८ का ६० वर्षीय अब्बास मियाँ छन्।

No description available.

दुर्घटना भएको मोटरसाइकलमा लागूऔषध भेटिएपछि इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले तीन जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार धमला र भट्टराई सवार मोटरसाइकल दुर्घटनामा परेको थियो। उनीहरु सवार प्रदेश १–०२–०४१ प ८८८७ नम्बरको मोटरसाइकल पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१० भाउन्ने नजिकै तीनजनालाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकलमा सवार रहेका धमला र भट्राईसहित पैदलयात्री बेलबारी–११ का १६ वर्षीय प्रितम राई, १५ वर्षीय सन्देश दास र कानेपोखरी गाउँपालिका–७ का ६५ वर्षीय दिलकुमार योगी गरी पाँच जना घाइते भएका थिए।

मोटरसाइकलमा सवार धमला र भट्टराईले बोकेको झोला खानतलासी गर्दा लागूऔषध भेटिएको थियो। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार झोलाबाट लागूऔषध ८९२ थान नाइट्राभेट ट्याब्लेट र लगभग १४ ग्राम चरेस जस्तो देखिने वस्तु भेटिएको थियो।

उनीहरुमाथि अनुसन्धान गर्दा प्रहरी कारोबारी मियाँसम्म पुगेको थियो। सुनवर्षीस्थित मियाँको घरमा खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा एउटा कटुवा पेस्तोल, दुई राउण्ड गोली, ६०० ट्याब्लेट नाइट्राभेट र दुई बोतल डीसी नामक लागूऔषध तथा एउटा चक्कु बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लागूऔषध र हतियार भारतबाट ल्याएर सप्लाई गर्दै आएका थिए। दुर्घटनामा घाइते भएका धमला र भट्टराईले मियाँबाट किनेर अरु सेवनकर्तालाई बिक्री गर्न लागुऔषध ल्याएको प्रहरीको भनाइ छ।

चर्चामा

सम्बन्धित समाचार