शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा एक जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १० पुग्यो

बाजुरामा एक जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १० पुग्यो

  • बिहिबार, जेष्ठ २७, २०७८
बाजुरामा एक जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १० पुग्यो

बाजुरा — जिल्ला अस्पताल बाजुरामा कोरोना संक्रमणबाट बिहीबार विहान एक जना संक्रमितको उपचारका क्रममा मृत्यु भएकोे छ ।
मृत्यु हुनेमा गौमुल गाउँपालिका-६ हाल बडीमालिका नगरपालिका-९ मार्तडी बस्दै आएका ७३ वर्षीय पुरुष रहेको जिल्ला अस्पताल बाजुराका कोरोना सूचना अधिकारी चुडामणी पन्तले बताएका छन् ।
उपचार गरिरहेका संक्रमित पुरुष दमको विरामी रहेको सुचना अधिकारी पन्तले बताए । संmत्रमित पुरुषको विहान ५ बजे मृत्यु भएको सूचना अधिकारी पन्तको भनाई रहेको छ ।
जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दश पुगेको छ । मृत्यु भएका अधिकांश दिर्घ रोगी भएको अस्पतालले जनाएको छ । दुई जनाको होम आइसोलेसनमा र ८ जनाको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल बाजुराबाट रिफर भएका ३ जनाको जिल्ला बाहिर मृत्यु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार