बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • धार्मिक
  • २०७८ साल जेठ २७ गते बिहीबारकाे राशिफल

२०७८ साल जेठ २७ गते बिहीबारकाे राशिफल

  • बिहिबार, जेष्ठ २७, २०७८
२०७८ साल जेठ २७ गते बिहीबारकाे राशिफल

विसं २०७८ साल जेठ २७ गते बिहीबार । इस्वी सन् २०२१ जुन १० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ कृष्णपक्ष । तिथि–औशी, २६ घडी ०९ पला, दिउँसो ०३ बजेर ३७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–रोहिणी, १६ घडी १४ पला, बिहान ११ बजेर ३९ मिनेट उप्रान्त मृगशिरा । योग– धृति, ०७ घडी ४६ पला, बिहान ०८ बजेर १६ मिनेट उप्रान्त शूल । करण–नाग, दिउँसो ०३ बजेर ३७ मिनेट उप्रान्त किंस्तुध्न, रातको ०४ बजेर ३० मिनेट उप्रान्त बव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–बृष ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेट । दिनमान ३३ घडी ३० पला । दर्शश्राद्ध, औँशी, वटसावित्रीव्रत, हलो बार्ने, निशि बार्ने, शनि जयन्ती ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वचन पूरा गर्न नसक्दा आफन्त तथा इष्टमित्रहरू तपाईंदेखि टाडिन सक्छन्, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ । बोल्दा ध्यान नदिए गलत निर्णयहरू हुनेछन् भने पछि पश्चाताप हुनेछ । पढाइलेखाइमा ध्यान नदिए अरूभन्दा पछि परिनेछ । अरूका लागि समय र श्रम खर्च हुनेहुँदा आफ्नो काम थाँती रहनेछन् ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) समयमा काम सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । मायाप्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । सामाजिक काम गरी समाजमा सम्मानित हुने योग रहेको छ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छी गर्ने बानीले कामहरू बिग्रन सक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेको छ, सचेत रहनुहोला । व्यापारमा लगानी गर्न केही समय पर्खनु राम्रो रहेको छ भने विदेशमा उत्पादित सामानहरूको व्यापार फस्टाएर जानेछ । पढाइ लेखाइमा मन जानेछैन भने अल्छी गर्नाले अन्य काम पनि बिग्रनेछ । प्रेममा एकअर्कालाई अविश्वास गर्नाले नचाहँदा नचाहँदै टाडिनुपर्दा मनमा नरमाइलो लाग्नेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) गीतसङ्गित क्षेत्रमा रुचि बढ्ने हुँदा केही समय रमाइलोतिर पनि समय खर्च हुनेछ । समयको गतीसँगै अगाडि बढ्न सकिने हुनाले आर्थिक रूपमा सम्पन्न हुन सकिनेछ । नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुने योग रहेको छ । पढाइलेखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । मातापिताको सहयोगले राम्रा काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) साथीभाइ तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला, खुट्टा तान्नेहरू सक्रिय रहनेछन् । व्यावसायमा लगानी नगर्नुहोला, आज गरिने व्यावसायमाबाट घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोडिँदा पढाइलेखाइमा अरूभन्दा पछि परिनेछ । लामो दूरीको धार्मिक तथा अध्ययन यात्रा हुने अधिक सम्भावना रहेको छ । धर्मकर्ममा मन जानेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) ऋण, रोग तथा सङ्कटको सामना गर्नुपर्नेछ भने यही बेलामा आयस्रोतका बाटा साँघुरा हुनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । खानपानमा विशेष ध्यान दिनुहोला, स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछैन । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदीबहिनीसँग साना साना कुरामा मनमुटाव बढ्नेछ । यात्रा गर्दा सावधानी अपनाउनु होला, आजको दिन मध्ययम रहेकोछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) टिम परिचालन गरी व्यावसाय बिस्तार गर्न सकिनेछ भने दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्राप्तिको गतिलो योग रहेको छ । नोकरीमा सुगम स्थानमा स्थानान्तरण हुनेछ भने भनेजस्तो काम पाइने हुँदा मनग्य धन कमाउन सकिनेछ । जीवनसाथीको सहयोगले महत्त्वपूर्ण काम समयमा सम्पादन हुँदा मन प्रसन्न रहनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) विद्याथीहरूले पढाइलेखाइमा राम्रो नतिजा ल्याई पुरस्कार जित्न सक्नेछन् भने प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा सामीप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । शत्रु परास्त हुने तथा कुनै पनि न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईंकै पक्षमा फैसला हुने हुँदा मान सम्मानमा वृद्धि भएर जानेछ । सुख दुःखमा साथ दिनेहरू भेटिने हुँदा मन प्रसन्न रहनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) पढाइलेखाइमा मिहिनेत गरेअनुसार नतिजा नआउने हुनाले मन चिन्तित हुनेछ । व्यापार व्यावसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ । मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा सावधानी अपनाउनु होला, नराम्रो घटना हुनसक्छ । मायाप्रेममा एकअर्काबीच नचाहँदा नचाहँदै छुट्टिनुपर्दा नरमाइलो महसुस हुनेछ । राजनीति तथा समाज सेवामा नताको आलोचनात्मक समर्थन रहनेछ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी आम्दानीका स्रोत फराकिला बनाउन सकिनेछ । घरजग्गा तथा सवारी साधनको खरिद बिक्री गरी मनग्य धन आर्जन गर्न सकिनेछ । आमा वा अग्रजको सहयोगले महत्त्वपूर्ण काम सम्पादन गर्न सकिनेछ । राजनीति तथा समाज सेवामा समय लिनेहरूले पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । अध्ययनमा ध्यान जाने हुनाले स्कुल कलेजमा तपाईंको नाम अग्र स्थानमा आउनेछ ।

मीन (दि, दू, थ, झ, ञ, दे, दो, चा, ची) सहासिलो काम गर्ने जोस जाँगर आउनेछ भने खेलकुद तथा यस्तै गतिविधिमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । पढाइलेखाइमा परिणाममुखी उपलब्धि हासिल गर्न सकिनेछ । दाजुभाइ तथा आफन्तसँग मिलेर गरिने दैनिक उपभोग्य वस्तु , औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नीबीच मायाको गाँठो कसिलो भएर जानेछ ।

तपाईंको दिन शुभ रहोस् ।

चर्चामा

सम्बन्धित समाचार