बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • तानाशाही धेरै दिन टिक्दैन!

तानाशाही धेरै दिन टिक्दैन!

  • मङ्लबार, जेष्ठ २५, २०७८
तानाशाही धेरै दिन टिक्दैन!

सुरेशकुमार पान्डे– अहिले राजेन्द्र महोतो लाई उप फर्धान मन्त्री बनाउँदा एउटा कुरा याद आयो।हामिले संघियता को बिरोधमा काठमाडौ केन्द्रित बाह्र दिने आन्दोलन गरेको थियौँ।त्यतिबेला प्रचण्ड मुख्य मन्त्री थिए साहिद अनि गोपाल किराती पनि मन्त्री थिए।हामिले संघियता हाम्रो देशमा ठिकहोईन यो खारेज गर्नुपर्छ भनेर आन्दोलन गरेकाथ्यो।हाम्रो कार्यक्रमबाट तर्शेर गोपाल किरातीले राजमो लाई प्रतिबन्द लगाउँनु पर्छ भनेर माग गरेकाथियो।उन्को भनाईमा शम्बिधानले स्विकार गरि सकेपछि त्यसको बिरोध गर्नु भनेको सम्बिधानको बिरोध गर्नुहो सम्बिधानको बिरोध गर्नेलाई प्रतिबन्ध लगाउँनुपर्छ।उनिहरुले हाम्रो कार्यक्रम बाट आत्तिएर क्रेश जुलुश समेत गरे।यध्यापी उनिहरुको सरकार थियो।त्यो उनिहरुको बुझाई गैर सम्बैधानिक थियो।सम्बिधान समय अनुसार परिमार्जित र संसोधन गर्नुपर्छ।सम्बिधानमा रहेका कमिकम्जोरीहरुलाई हटाउँदै जानुपर्छ।तर आफु सम्बैधानिक रहेर त्यो प्रकृयामा जानुपर्छ।
हामिले त संघियताले यो यो नोक्सान गर्छ हाम्रो देशले संघियता लाई थेग्न सक्दैन मात्रै भनेर जनतालाई संघियता को बारमबार जागरुक गर्दै शन्तिपुर्वक रुपमा बिरोध गर्दै थियौँ।
त्यो बेला मधेशवादीहरुले पनि आन्दोलन गरेकाथिए मधेशीहरुको दवाबमा जुन संघियता ल्याईएको थियो त्यो मधेशवादीहरुको फाईदाको बिषय थिएन यो भारतियहरुको फाईदाको लागि ल्याईएको थियो।मधेशी जनताहरुको त यो मागनै होईन।त्यतिबेला एक मधेस एकप्रदेशका कुराहरुपनि यिनै राजेन्द्र महतोहरुको उक्साहटमा आएर माग भयो।उनिहरुले जनताको सात दसक शंघर्ष गरेर बनाएको सम्बिधानलाई पोले त्यो मान्त्रै होईन उनिहरुले राष्ट्रीय झण्डा समेत पोल्न लगाए र देशमा खटिएका प्रहरिहरु लाई मराए।त्यस्ता ब्याक्तिको बिरुद्धमा कसै नेताले आवाज उठाएनन।यिनिहरु लाई जेल मा कोच्नुपर्नेहो तर बिड्म्बना सम्मान गरिन्छ किन?अहिले उनि मन्त्री भयकाछन एकजना बिहारी जो भारत भक्तहो उस्लाई देशको सर्वोच्च सम्मानिय सिटमा बसालेर अबिर माला पहेनाईन्छ।त्यो पनि कम्युनिष्टको लोगो भित्र।
उनैहरुको दवाबमा ओलिले आफै बिरोध गरेको नागरिकता बिध्यायक लाई पारीत गराउँछन।यो सत्ता लोलुपता गैर सम्बैधानिक र अप्रजातान्त्रीक तानासाही नभयर केहो?
अहिले हाम्रो देशलाई फीजी क्रणगर्दै आउँने वाला दिनमा सिक्किम बनाउँन यि देश द्रोहीहरु कस्सेकाछन।ओलि र राष्ट्रपती बिध्यादेवी समेत यो खेलमा सामिल भयको प्रष्ट हुँन्छ।ओलीले पुषको ५गते झिनो मसिनो उदेश्यले दुई तिहाई को संसद लाई बिघटन गरेका होईनन उन्ले ठुलो शड्यन्त्रको तहत त्यो संसदलाई बिघटन गरेका हुँन।भारतिय गुप्तचर ब्युरो ‘रअ’प्रमुख सामन्तकुमार गोयलको नेपाल भर्मण र बेग्ला बेग्लै भेट बार्ताले यो अबस्थालाई सिर्जना गर्यो।उनिहरुले लगातार देशको अबस्थालाई नियालि रहेकाथिए।जति बेला देशमा कुनै संकट आई लाग्छ छिमेकीले मौकामा चौका हान्ने प्रयात्न गर्छ।त्यसैको परिणाम देशको आजको परिस्थिति आएकोहो।
नेपालको अतिक्रमिक भुभाग काला पानी र लिपुलेख लिम्पियाधुरालाई समेटेर नेपालले बनाएको नक्साले गर्दा भारतिय नजरमा आएको ओलिले भारतलाई खुसि गराउँन आफैले निकालेको नक्सालाई पाठ्यपुस्तकमा सामिल गर्न रोकलगाएर उनले आफ्नो भारत भक्तिको प्रदर्शन गरेकाछन।
उन्लाई एमसीसी पारित नगराई नहुँने थियो त्यसको लागि पनि संसदमा बहुमत चाहिन्थ्यो।त्यो पनि नमिलेपछि तुरुन्तै संसदको बिघटन र चुनावको मिति तोक्न पुगेका हुँन।उनको बिचारमा चुनाव लडेपछि उन्लाई प्रष्ट बहुमत आउँनेछ त्यो भुलभुलैयामा ओलि गुमराह बनेकाथिए,जो सर्वोच्चले रोकलगायो।आखिर ओलिलाई पुनः संसद बहाल गरि एकमैना भित्रमा बिस्वासको मत हाशिल गर्नु थियो त्यो पनि नहुँने भयकोले फेरी संसदलाई बिघटन गरेर चुनावमा जाने निर्णय गरेका हुँन।सवाल एमसीसी पारित गर्ने भन्दा त्यसको जसलिने मात्रहो उनिहरुले जुनसुकैको सरकार बनाएपनि एमसीसी लाई पारित गराएरै छाड्नेछन।टनक पुरमा पनि जसलिनलाई एमालेका यिनै केपी ओली झल्लनाथ खनाल लगाएत अगाडि आएकाथिए।चाहे सरकार प्रचण्डको बनुस ओलिको बनुस वा सेरबहादुरको जस्को बनेपनि उनिहरुले एमसीसीलाई पारित गराउँनेछन।ओलि लाई सत्ता लिप्साले यँहा सम्म पुराएकोछ उनै आफैले हिँजो खुल्ले आम बिरोध गरेको नागरिकता बिधायकलाई आज पारित गराएकाछन।राजेन्द्र महोतो जस्तो बिदेशी नालायक ब्याक्ति लाई देशको उपप्रधान मन्त्री बनाएकाछन।यो सरकारको गैरजिम्मेवारी र राष्ट्रघाती पाईलाको बिरुद्धमा लगातार शंघर्श गर्नुपर्छ।ओलिले यो देशलाई फिजि करणगर्ने सुपारि लिएकाछन भन्नेपनि संका उपसंका उब्जिएकोछ।अँझै यति बद्माशि गर्दा पनि ओलिका हनुमानहरुले ओलिलाई खाँटीको कम्युनिष्ट लिडर भन्दै हिँड्दा दुखः लाग्छ।यो देश हाम्रो मात्रै त होईन तपाईहरुको पनिहो फेरी पनि निदार खुम्चाएर ओलिको राजनीतिक लाईनको भण्डा फोर्ड गरौँ।

हिँजो टनक पुरमा गरेको सम्झौता बाट के फाईदा भयो त्यो ओलि सँग कसैले प्रश्न गर्न सके हुँनेथियो।जसरी उँहाले अरुको रिसमा सत्ताको लालचमा बिदेशीहरुको दलालि गर्दै हुँनुहुन्छ यो राष्टघाती त छँदैछ स्वाम ओली जी कालागि पनि आत्मघाती पक्का पक्कि हुँनेछ।जनसैलाबले ठुला ठुला तानाशाहहरु लाई पाखा लगाएको ईतिहाश नियाल्नु होला एक पटक।

चर्चामा

सम्बन्धित समाचार