शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • समाचार
  • जेष्ठमै भयो बझाङ्गमा रोपाईको रौनक सुरु

जेष्ठमै भयो बझाङ्गमा रोपाईको रौनक सुरु

  • मङ्लबार, जेष्ठ २५, २०७८
जेष्ठमै भयो बझाङ्गमा रोपाईको रौनक सुरु

अर्थ जङ्ग शाह / बझाङ्ग — देश अहिले कोरोना भाईरस (कोभिड–१९)का कारण बन्दाबन्दीको अवस्थामा छ । शहरबजार सुनसान भएपनी गाउँघरमा चहलपहल उस्तै छ । खेतीपातीको समय भएकाले पनी गाउँघरमा चहलपहल बढेको छ । हिउँदे खेती भित्रयाएका किसानहरु अहिले रोपाई गर्न व्यस्त छन्

जेष्ठको पहिलो साताबाट नै बझाङमा रोपाईको चटारो सुरु हुन्छ । अहिले बझाङ्का कृषहरुलाई मानो रोपेर मुरी उब्जाउन भ्याई नभ्याई छ । सिँचाई सुविधा पुगेका खेतमा जेष्ठको पहिलो सातामै रोपाई गर्न सुरु हुने गर्दछ । यो वर्ष जेष्ठको पहिलोसाता पानी परेकोले पनी सिचाई पुगेका खेतमा रोपाई गर्न किसानहरुलाई सजिलो भएको छ ।

बझाङ्को देउरा, बागथला,रायल लगायत सिँचाई सुबिधा पुगेको ठाउमा जेष्ठको पहिलोसाता बाट नै रोपाई सुरु भएको हो । चैन्पुर र आसपासका क्षेत्रमा सेती नदी तथा बाउलीगाडको पानीबाट सिँचाईको सुविधा भएकाले हरेक वर्ष जेष्ठको पहिलो साताबाट धान रोपाई सुरु हुने गर्दछ ।

केदारस्यु गाउपालिका ०१ रायलमा सिचाई पुगेको सेतीनदीको किनारमा रहेको खेतमा लगभग रोपाई सकिएको स्थानीय पावना मल्लले बताईन। रोपाईको समयमा यो पटक पानी परेका र सिचाई सुविधा पुगेकोले रोपाई सुरु भएका उनको भनाई छ । खोला र नदि किनारामा रोपाई सकिए पनि आकाशे पानीको भर मा हुने रोपाई अझै बाँकि छन्।

साँथै खेतमा रोपाई गर्दा खेरी रमाईलो हुने र हिलोले छ्यापदिने स्थानीय महिला सुनिता मल्लले बताईन।

चर्चामा

सम्बन्धित समाचार