मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • भेरोसेल खोप भाेलिदेखि : कुन दिन कुन उमेर समूहकाले लगाउने ?

भेरोसेल खोप भाेलिदेखि : कुन दिन कुन उमेर समूहकाले लगाउने ?

  • सोमवार, जेष्ठ २४, २०७८
भेरोसेल खोप भाेलिदेखि : कुन दिन कुन उमेर समूहकाले लगाउने ?

सरकारले जेठ २५ गते अर्थात भोलिदेखि देशभर कोरोनाभाइरस कोभिड—१९ विरुद्धको भेरोसेल खोप अभियान देशभर सञ्चालन गर्ने भएको छ । भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेरसमूहका नागरिकलाई दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाविरुद्धको खोप अभियान देशभर जेठ २९ गतेसम्म सञ्चालन हुनेछ । चीन सरकारको दोस्रो पटक अनुदान सहयोगमा नेपालले १० लाख मात्रा खोप प्राप्त गरेको हो । यसअघि पनि चीन सरकारले नेपाललाई अनुदान सहयोगमै ८ लाख मात्रा खोप उपलब्ध गराएको थियो । सरकारले यसअघि भेरोसेल खोप १८ देखि ४९ वर्ष उमेर समूहका नागरिकलाई ८ भेरोसेल खोपको दिएको थियो । यसपटक भने चीनमा उत्पादन गरिएको भेरोसेल खोपलाई विश्व स्वास्थ्य संगठनले १९ वर्षमाथिका जुन उमेर समूहले लगाउन मिल्ने जानकारी दिएपछि नेपाल सरकारले ६० देखि ६४ वर्षसम्मका नागरिकलाई खोप दिन लागेको हो ।

काठमाडौँ महानगरपालिकाले यसरी खोप दिँदैछ

तोकिएको मितिमा उमेर खुल्ने फोटोसहितको सरकारी कागजात वा वडा कार्यालयबाट उमेर खुलेको सिफारिस पत्र लिएर खोपकेन्द्रमा जान सरकारले अनुरोध गरेको छ । यस अभियानमा पहिलो मात्रा भेरोसेल खोप लगाएकालाई दोस्रो मात्रा नदिइने महानगरपालिकाको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार