बुधबार, असार १०, २०८३
  • होमपेज
  • समाचार
  • दुर्घटना गराएर फरार प्रदेशसभा सदस्यका छोरा पक्राउ, मदिरा सेवन गरेर चलाएका थिए कार

दुर्घटना गराएर फरार प्रदेशसभा सदस्यका छोरा पक्राउ, मदिरा सेवन गरेर चलाएका थिए कार

  • आइतवार, जेष्ठ २३, २०७८
सेयर गर्नुहोस् :
दुर्घटना गराएर फरार प्रदेशसभा सदस्यका छोरा पक्राउ, मदिरा सेवन गरेर चलाएका थिए कार

विराटनगरमा एक भारतीय नागरिकको मृत्यु हुनेगरी सवारी दुर्घटना गराई फरार रहेका चालक रोबिन भनिने रविन कार्कीलाई चार दिनपछि प्रहरीले पक्राउ गरेको छ ।

कार्कीलाई आइतबार अपरान्ह विराटनगरको बरगाछीस्थित घरबाट नै पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

बिहीबार राति साढे सात बजे प्रदेश सांसद कार्कीले मदिरा सेवन गरि चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिँदा ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए ।

एसपी खड्काले कार्कीलाई आजै मोरङ अदालतमा म्याद थप गर्न लगेको छ । प्रहरीले दिएको जानकारी अनुसार कार्कीलाई ‘सावारी ज्यान मुद्दामा’ म्याद थप गरिने भएको छ ।
‘दुर्घटनामा संलग्नलाई पक्राउ गरि अहिले म्याद थप गर्न अदालत लिएर गएको छ,’ एसपी खड्काले भने, ‘म्याद गरेपछि थप अनुसन्धान गरिनेछ ।’

मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगका कामदार हुन्। दुर्घटना गराउने कार्की प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीका छोरा हुन् ।

चर्चामा

सम्बन्धित समाचार