बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • वर्तमान अराजनैतिक प्रवृत्तिप्रति युवाको आक्रोश र भावी पुस्ताको चिन्तन

वर्तमान अराजनैतिक प्रवृत्तिप्रति युवाको आक्रोश र भावी पुस्ताको चिन्तन

  • शनिबार, जेष्ठ २२, २०७८
वर्तमान अराजनैतिक प्रवृत्तिप्रति युवाको आक्रोश र भावी पुस्ताको चिन्तन

सहिदहरुको बलिदान, जनताको अथक संघर्ष आज फिक्का लाग्दैछ! संविधानका पानाहरु कागजी घोडा लाग्दैछन, हिजो संविधान जलाउने राजेन्द्र महतो आज त्यहीँ संविधानको धारामा टेकेर उप-प्रधानमन्त्री बन्दैछन, हिजो भारतसंग नझुक्ने म राष्ट्रबादी नेता हुँ भन्ने नेता केपी ओली आज एक पछि अर्को भारतिय मुद्धाहरु सम्बोधन गर्दै भारतको ईशारामा चल्ने प्रधानमन्त्री बनिरहेका छन, समग्रमा भन्नुपर्दा हिजो नाकाबन्दीका बिरोधी र समर्थकका घाटी जोडिएका छन! बहुदलिय प्रतिस्पर्धात्मक संघीय शासन व्यवस्थाबाट उपमेयर लडेर हारेका उम्मेदवार आज नेपाल सरकारका राज्यमन्त्री बन्दैछन ! राजनीतिमा यो भन्दा निर्लज्जताको पराकाष्ठा अरु के हुन सक्छ र ? के हामिले यस्तै दिन देख्नका लागि संघर्ष गर्दै अमुल्य समय व्यतीत गर्दै हिडेका हौं त ?

राजनीति सर्वोत्कृष्ट निति हो भन्ने हामि तमाम युवाको तर्कले आज फेल खाएको छ! राजनीति फोहोरी जालझेल हो भन्नेहरु आज सत्य सावित भएका छन ! के सहि के गलत हो भने ठम्याउने मान्छे भेट्न गाह्रो छ!संविधान, नियम, कानुन र सत्यतामाथि यसरी बदनियतका साथ एक पछि अर्को प्रहार भईरहेको छ र पनि केहि साथिहरु ठिक छ भनेर ताली बजाउदै गरिरहेकाका देखिन्छन! यस्तो अराजनैतिक, अमर्यादित र अनैतिक नेतृत्वको कु-संस्कारले म जस्ता लाखौं उर्जाशिल युवाहरुको जोस जागरमाथि नै बिस्मवादीबोधक चिन्ह ! लागेको छ, ईमान्दार कार्यकर्ताहरुको भबिस्य नै अन्योलताको भुमरीमा फस्ने देखिन्छ !

कृपया म बिशेष गरी नेपाल कम्युनिस्ट पार्टीका युवा साथीहरुलाई आग्रह गर्न चाहान्छु कि अहिले नेपाली राजनितिकमा देखिएका दागी दृश्यहरु गलत छन यि ठिक छैनन, यस्ता प्रवृत्तिले दिगो भौतिक र मानविय विकास हुन सक्दैन,बिधिको शासनले सार्थकता पाउन सक्दैन, तपाईंहरुले नेतृत्वलाई कि सहि तरिकाले चल्नुहोस नत्र अर्को नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर अभिभावकीय भुमिकामा बस्नुहोस भन्ने हिक्मत गर्नुस् हामि सबैले आ- आफ्नो बिचार मिल्ने नेताहरुका ठिक मुद्धालाई समर्थन र नराम्रा सबै मुद्धाहरुको खुलेर बिरोध गरौं , खुलेर बिरोध गर्न गर्न गाह्रो लागे आन्तरिक रुपमा भएपनि बिरोध गरौं र सुझाव सल्लाह दिने हिक्मत गरौं !!!

यसले देशको समृद्धिको सपनाको नेतृत्व गरिरहेका अगुवा नेतागणलाई बल पुगोस् नत्र हामिले गरेको अन्धभक्त समर्थनले अहिलेको समर्थन पाउने नेतृत्व पतन भएर जानेछ भने पछि हामी र हाम्रो पुस्ता भन्दा पछाडिको नयाँ पुस्तालाई नै कु- संस्कारको अध्यारो सुरुङ्गतिर फसाउने छ!अराजकता मौलाउने, सत्यता र न्यायको घाटी रेटिने छ! त्यतिखेर “नै रहेगा बास नै बनेगा बासुरी” भने झै न हाम्रो यो उर्जाशिल उमेर फर्किने छ न त समय नै बाँकी रहने छ हाम्रो जिवन बेर्थै पश्चातापमा बित्नेछ ! त्यसैले समयमै हामि चेतनशिल, प्रगतिशील, परिवर्तनशिल युवाहरुले संयमता अबलम्बन गर्नुपर्ने देखिन्छ , राजनीति पार्टी आफ्नो ठाँउमा छदैछ्न त्यो भन्दा अलि माथि उठेर सत्य कुरा र सहि कार्यमा हातेमालो गर्दै देश र जनताको हितकर मानवीय र सभ्य समाज निर्माणको माहान कार्यमा एक एक ईट्टा थप्ने सत्कर्म गरौ।

चर्चामा

सम्बन्धित समाचार