शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • इजरायली वैज्ञानिकले प्रयोगशालामै बनाए आमाको दूध, व्यवसायिक उत्पादनको तयारी

इजरायली वैज्ञानिकले प्रयोगशालामै बनाए आमाको दूध, व्यवसायिक उत्पादनको तयारी

  • शनिबार, जेष्ठ २२, २०७८
इजरायली वैज्ञानिकले प्रयोगशालामै बनाए आमाको दूध, व्यवसायिक उत्पादनको तयारी

आमाको दूध बच्चाको लागि अमृत समान हुन्छ भनिन्छ । स्तनपान बच्चाको लागि पर्याप्त पोषणको श्रोत हो र यसले बच्चाको सर्वाङ्गीण विकासमा सहयोग गर्दछ ।

आमाको दूधमा विभिन्न खाले पोषक तत्व हुन्छन् जसले शिशुलाई विभिन्न खाले गम्भीर रोगबाट बचाउँदछ । त्यसैले आमाको दूधलाई शिशुको सम्पूर्ण आहार भनिन्छ ।

बच्चालाई एक वर्षको हुन्जेल आमाको दूध चुसाउन सल्लाह दिइन्छ । तर कतिपय महिलाहरुमा दूध नआउने समस्या हुने तथा कतिपय महिलाहरु स्तनपानका लागि अनिच्छुक हुने कारणले गर्दा धेरै शिशुहरुले पर्याप्त समयसम्म स्तनपान गर्न पाउँदैनन् । यही समस्याको समाधान इजरायली वैज्ञानिकहरुले खोजेका छन् । इजरायली वैज्ञानिकहरुले प्रयोगशालामै बच्चालाई खुवाउने आमाको दूध तयार पारेका छन् ।

इजरायलमा बायोमिल्क भन्ने एक स्टार्टअप कम्पनीले प्रयोगशालामै महिलाको स्तनको कोशिकाहरुबाट आमाको दूध उत्पादन गर्न सफल भएको छ ।
कम्पनीका अनुसार प्रयोगशालामा उत्पादित उक्त दूधमा आमाको दूधमै जत्तिको पौष्टिक तत्व पाइन्छ ।

यद्यपि प्रयोगशालामा उत्पादित र आमाको स्तनपानबाट प्राप्त हुने दूधको बीचमा एउटा फरकचाहिँ एन्टीबडीको हुन्छ ।

बायोमिल्क कम्पनीका सह सस्थापक तथा प्रमुख वैज्ञानिक अधिकृत डाक्टर लिला स्ट्रिकल्याण्डले फोर्ब्स पत्रिकासँग कुराकानी गर्दै आफूहरुले उत्पादन गरेको दूध आमाको दूधसँग सबैभन्दा धेरै मिल्दोजुल्दो रहेको बताइन् । उनका अनुसार कम्पनीले उत्पादन गरेको दूधको पौष्टिक तथा बायोएक्टिभ संरचना पनि अन्य प्रडक्टहरुको भन्दा उत्कृष्ट रहेको छ ।

वरिष्ठ कोशिका जिव वैज्ञानिक डाक्टर स्ट्रिकल्याण्डले आफ्नै अनुभव पछि आमाको दुधको विकल्पमा काम गर्न सुरु गरेकी थिइन् ।

वास्तवमा उनले गर्भको समयनै नपुगीकन अर्थात् प्रिमेच्योर छोरा जन्माएकी थिइन् । त्यसैले उनको स्तनमा दूधको उत्पादन भएन र बच्चाले दूध चुस्न पाएन । सोही कारणले उनी सन् २०१३ मा एक प्रयोगशालामा स्तन कोशिकाहरु तयार गर्न सुरु गरिन् ।

सन् २०१९ मा डाक्टर स्ट्रिकल्याण्डले खाद्य वैज्ञानिक मिसेल एगरसँग मिलेर एक कम्पनीको सुरुवात गरिन् । उक्त कम्पनीको उद्धेश्य स्तनपानलाई समाप्त गर्नु होइन कि आफ्नो उत्पादनको सहयोगले महिलाहरुलाई स्तनपानको विकल्प उपलब्ध गराउनु हो ।

चर्चामा

सम्बन्धित समाचार