शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेपाल रेडक्रसद्धारा जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

नेपाल रेडक्रसद्धारा जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

  • बुधबार, जेष्ठ १९, २०७८
नेपाल रेडक्रसद्धारा जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

बाजुरा — नेपाल रेडक्रस बाजुराले जिल्ला अस्पताल बाजुरालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । रेडक्रस सोसाईटीको अन्तराष्ट्रिय सस्थाले नेपाल रेडक्रसलाई गरेको सहयोगमा सुदुरपश्चिम प्रदेशका नौ ओटै जिल्लामा सहयोग गरेको छ ।
त्यसै अन्र्तगत जिल्ला अस्पताल बाजुरालाई स्वास्थ्य सामग्री हस्तान्त्रण गरिएको नेपाल रेडक्रस सोसाईटी बाजुराका सभापती रमबहादुर शाहीले बताएका छन् । बुधबार जिल्ला अस्पताल बाजुरालाई हस्तान्त्रण गरियो कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रलाई पनि हस्तान्त्रण गर्ने सभापती शाहीले बताएका छन ।
स्वास्थ्य सामग्रीहरुमा डेथ बोडी, मास्क, सेनिटाईजर, पीपीसेट लगाएतका सामग्रीहरु सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाईटीले यस्तो संकटकाे समयमा राष्टिय तथा अन्तराष्टिय दाता तथा सस्था मार्फत सहयोग गर्दै आएको शाहीले बताए । महामारीको संकटमा रेडक्रस सोसाईटीले गरेको स्वास्थ्य सामग्रीहरुले महामारीमा खटिएका स्वास्थ्यकर्मीहरुलाई ठुलो राहात भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीले बताए ।

चर्चामा

सम्बन्धित समाचार