शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • जिल्ला कोभिड व्यवस्थापन समिती बझाङलाई अक्सीजन सिलिण्डर सहितका स्वास्थ्य सामाग्री हस्तान्तरण

जिल्ला कोभिड व्यवस्थापन समिती बझाङलाई अक्सीजन सिलिण्डर सहितका स्वास्थ्य सामाग्री हस्तान्तरण

  • सोमवार, जेष्ठ १७, २०७८
जिल्ला कोभिड व्यवस्थापन समिती बझाङलाई अक्सीजन सिलिण्डर सहितका स्वास्थ्य सामाग्री हस्तान्तरण

 अर्थ जङ्ग शाही / बझाङ– जेठ १७ वल्ड भिजन इन्टरनेसनल नेपालले जिल्ला कोभिड व्यवस्थापन समिती बझाङलाई ७० वटा अक्सिजन सिलिण्डर सहितका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा बझाङ जिल्ला स्थित साझेदार सँस्था प्रगतिशिल युवासमाजको समन्वयमा २२ लाख ६४ हजार ७ सय २८ रुपैयाँ बराबराको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको प्रगतिशिल युवासमाजका अध्यक्ष रमेश केसीले बताए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि ७० थान अक्सिजन सिलिण्डर, ७० वटा पल्स अक्सिमिटर, ७० वटा थर्मल टेम्प्रेचर गन, ७० वटा पिपिइ सेट, ६ प्याकेट सर्जिकल मास्क,३६ वटा एन ९५ मास्क, सेनीटाइजर लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो । स्वास्थ्य सामग्री जिल्ला कोभिड व्यवस्थापन समिती संयोजक तथा बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीलाई हस्तान्तरण गरिएको हो । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले भने, “जिल्लामा दैनिक ५० जनाको हाराहारीमा कोरोना संक्रमितहरु देखा पर्ने गरेका छन । जिल्लामा हाल सम्म १५ सय जनाको हाराहारीमा संक्रमण देखि सकेको छ । १७ जनाको मृत्यु भैसकेको छ । यो जटिल परिस्थितिमा सरकारी खर्चबाट जुटाएको स्वास्थ्य सामाग्री अपर्याप्त भैरहेको समयमा वल्र्ड भिजन इन्टरनेसनल नेपाल र प्रगतिशिल युवासमाजले गरेको स्वास्थ्य सामाग्री सहयोग अतुलनीय रहेको छ । यो सामाग्रीले कोभिड रोकथामका लागी महत्वपुर्ण मदत पुगाउनेमा विश्वस्त छु । यो जटिल परिस्थितिमा स्वास्थ्य सामाग्री सहयोग गरिदिनु भएकोमा धेरै धन्यवाद ।” साथै कार्यक्रममा बोल्दै जिल्ला अस्पताल सिमखेतका प्रमुख डा. सन्दिप ओखेडाले संस्थाले गरेको स्वास्थ्य सामाग्रीले कोभिड रोकथाममा संस्थाले इटा थपिदिएको बताए । ओखेडाले भने, “अक्सिजन सिलिन्डरहरु खाली हुने त्यो भर्न धनगडी, नेपालगन्ज लिनुपर्ने र कहिले आउला भनेर कुरेर बस्नु पर्ने अवस्था रहेको थियो । संस्थाले ठुलो मात्रामा अक्सिजन सिलिन्डर लगाएत अन्य स्वास्थ्य सामाग्रीले विरामीहरुलाइ मात्र नभएर हामी स्वास्थ्यकर्मीहरुलाई पनि उपचारमा धेरै सहजता हुने भएको छ । ” संस्थाले ७० वटा सिलिन्डरमा केदारस्युँ गाउँपालिकामा ५ वटा अक्सिजन सहितका सिलिन्डर पठाएको छ ।

संस्था केहि बर्ष यता स्थानियतहहरु संग समन्वय गरेर जिल्लाका गाउँपालिका तथा नगरपालिकामा आफ्ना कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार