आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • हार जीत भन्दा शंघर्ष मा अटल हुँनु पर्छ,

हार जीत भन्दा शंघर्ष मा अटल हुँनु पर्छ,

  • आइतवार, जेष्ठ १६, २०७८
हार जीत भन्दा शंघर्ष मा अटल हुँनु पर्छ,

हार जीत भन्दा शंघर्ष मा अटल हुँनु पर्छ,
आफुसँग मात्र श्रमको प्रतिफल हुँनु पर्छ।

आर्कैको कमाईमा पनि के बाँच्नुछ आफु,
मानिशमा ईमानदारी प्रत्येकपल हुँनुपर्छ।

साना ठुलाको मातहातमा रहेको राम्रो हो,
एकतामा मात्र संसार जीत्ने बल हुँनुपर्छ।

गरिब श्रमजीवी लाई त सबैले हेला गर्छन,
अन्याय अत्याचारको बिरुद्ध ढल हुँनुपर्छ।

सदियौँ देखी सोशण दमन हुँदै आएकैहो
किन लाग्छ मान्छे र मान्छेमै छल हुँनुपर्छ।

पढेर लेखेर मात्रै हुँदैन समानताको लागी,
सबैजात जातिमै बराबर अक्कल हुँनुपर्छ।

ब्याक्तिले समाज समाजले पार्टी बन्ने हुँदा,
पहिलो कुरा त मानिस नै असल हुँनुपर्छ।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार