बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • अर्थ
  • कर्मचारीको तलब मासिक २ हजार बढ्यो

कर्मचारीको तलब मासिक २ हजार बढ्यो

  • शनिबार, जेष्ठ १५, २०७८
कर्मचारीको तलब मासिक २ हजार बढ्यो

कर्मचारीको तलब मासिक दुई हजार रुपैयाँ बढेको छ । शनिबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलबमान दुई हजार रुपैयाँ बढ्ने बताएका हुन् ।

कोरोना महामारीको समयमा सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ बढाएको हो । बढेको तलब आगामी आर्थिक वर्ष २०७८ साउन १ गतेदेखि लागू हुनेछ ।

कर्मचारीले १० लाखको दुर्घटना बीमा पाउने छन् भने सहुलियत आवासका लागि ऋण पाउने भएका छन् । उनीहरुले सन्तती छात्रवृत्तिसमेत पाउने भएका छन् ।

सरकारले कर्मचारीलाई घुमघाम काज दिने भएको छ । अर्थमन्त्री पौडेलले घुमघाम काजको घोषणा गरेका हुन् । अब सरकारी कर्मचारीले घुमघाम काज अन्तर्गत वर्षमा १० दिन भ्रमण बिदा पाउनेछन् ।

सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याइएको अर्थमन्त्री पौडेलले बताएका छन् । निजी क्षेत्रका संघसंस्थालाई समेत यसमा प्रोत्साहन गर्ने नीति ल्याउने घोषणा सरकारले गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार