बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • अर्थ
  • आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण शुरु

आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण शुरु

  • शनिबार, जेष्ठ १५, २०७८
आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण शुरु

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य बाचन शुरु गरेका छन् । आर्थिक वर्षका लागि सरकारद्धारा आय व्ययसहितको अनुमानित बजेट सार्वजनिक गर्दै गरेको सरकारले संसद विघटन पछि अध्यादेश मार्फत बजेट ल्याएको हो ।

आजै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट सम्बन्धि तीन वटा अध्यादेश जारी गरेकी थिइन्। संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन् ।

शनिबार मध्यान्ह बसेको मन्त्रिपरिषदको बैठकले बजेटका लागि आवश्यक ३ वटा अध्यादेशका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थियो ।

चर्चामा

सम्बन्धित समाचार