बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • काेराेना परिक्षण सुरु गरिएको एक महिना पछि संक्रमितको संख्या शून्य

काेराेना परिक्षण सुरु गरिएको एक महिना पछि संक्रमितको संख्या शून्य

  • शनिबार, जेष्ठ १५, २०७८
काेराेना परिक्षण सुरु गरिएको एक महिना पछि संक्रमितको संख्या शून्य

बाजुरा — जिल्लामा कोरोना परिक्षण सुरु गरिएको एक महिना पछि आज संक्रमितको संख्या सुन्य भएको छ । जिल्लामा एन्टिजेन प्रबिधिबाट गरिएको परिक्षणमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या शून्य भएको जिल्ला स्वास्थ्या कार्यालय बाजुराले जानकारी दिएको छ ।
बाजुरा जिल्लामा बैशाख १५ गतेबाट एन्टिजेन प्रबिधिबाट कोरोना परिक्षण सुरु गरिएको थियो । पछिल्लो २४ घण्टामा पाच जनाको मात्र परिक्षण गरिएको छ । जिल्लामा कोरोनाको परिक्षण दायरा घट्दा कोरोना संक्रमितको संख्यामा घटेको हो ।
जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय ७५ जना रहेका छन् । सक्रिय संक्रमितको संख्या १ सय ८८ रहेको स्वास्थ्य कार्यलय बाजुराका निमत्त कार्यलय प्रमुख महेश चन्दले जानकारी दिएका छन् ।
संक्रमित मध्य४ सय ७५ जनामध्ये १ सय ८४ जना होमआइसोलेसनमा सुरक्षित छन भने४ जना जिल्ला अस्पतालको आइसोलेसनमा उपचार भईरहेको छ ।
कोरोना संक्रमणबाट निको हुनेको संख्या २ सय ८० पुगेको छ । कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार