आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाचार
  • पहिरोमा परी एक महिलाको मृत्यु

पहिरोमा परी एक महिलाको मृत्यु

  • शनिबार, जेष्ठ १५, २०७८
पहिरोमा परी एक महिलाको मृत्यु

तनहुँ व्यास नगरपालिकामा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास १, निर्मल पोखरीका ६२ वर्षीय सरस्वती घर्ती रहेको वडाध्यक्ष खरसिंह दरैले जानकारी दिए ।

पहिरोले घर पूर्ण रुपमा क्षति पुगेको वडाध्यक्ष दरैले बताए । ‘राति सुतेको बेला घरपछाडिबाट ठूलो पहिरो आएछ । पहिरोपछि उद्धार गरेर अस्पताल लैजाने क्रममा मृत्यु भएको हो,’ उनले भने, ‘घरका अरु सदस्य भने सकुशलै छन् ।’ घरमा घर्तीसहित ५ जना परिवार रहेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार