शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाचार
  • अमेरिकासँग कोरोना खोप माग्दै राष्ट्रपति भण्डारीले बाइडेनलाई पठाइन् पत्र

अमेरिकासँग कोरोना खोप माग्दै राष्ट्रपति भण्डारीले बाइडेनलाई पठाइन् पत्र

  • शनिबार, जेष्ठ १५, २०७८
अमेरिकासँग कोरोना खोप माग्दै राष्ट्रपति भण्डारीले बाइडेनलाई पठाइन् पत्र

कोरोनाविरुद्धको खोप उपलब्ध गराउन अनुरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई पत्र पठाएकी छन् ।

अमेरिकास्थित नेपाली राजदूत डा. युवराज खतिवडाले सो पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएको दूतावासले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

नेपालले अमेरिकाबाट केही अनुदान र केही खरिद मार्फत कोरोनाविरुद्धको खोप ल्याउन चाहेको छ । विशेषगरी अमेरिकाले चाँडै बिभिन्न देशलाई बाँड्न लागेको ८ करोड खोपमध्ये केही खोप दिन नेपालले अमेरिकालाई आग्रह गरिरहेको छ । त्यसैगरी ५० लाख अमेरिकी खोप खरिदको प्रक्रिया पनि अगाडि बढेको सरकारी अधिकारीहरु बताउँछन् ।

यसअघि राष्ट्रपति भण्डारीसमेतको आग्रहमा चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपाललाई १० लाख डोज कोरोना खोप दिने घोषणा गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार