शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • खेलकुद
  • मेसीलाई सम्झौता नवीकरण गर्न बार्सिलोनाको प्रस्ताव

मेसीलाई सम्झौता नवीकरण गर्न बार्सिलोनाको प्रस्ताव

  • शनिबार, जेष्ठ १५, २०७८
मेसीलाई सम्झौता नवीकरण गर्न बार्सिलोनाको प्रस्ताव

काठमाडौं — स्पेनिस क्लब बार्सिलोनाले कप्तान लिओनल मेसीलाई सम्झौता थप गर्न प्रस्ताव गरेको छ । बार्सिलोनासँग मेसीको सम्झौता आगामी जुन ३० मा सकिँदैछ ।

त्यसअघि नै बार्सिलोनाले मेसीलाई सम्झौताका लागि प्रस्ताव गर्ने निर्णय गरेको स्पेनिस अनलाइन मार्काले जनाएको छ । टीभी थ्रीका अनुसार मेसीले भने यस विषयमा प्रतिक्रिया दिएका छैनन् र बार्सिलोनाको २०२१/२२ को सिजनमा कस्तो योजना आउँछ भनेर पर्खिरहेका छन् ।

३३ वर्षीय मेसी हाल आगामी जुन १३ देखि सुरु हुने कोपा अमेरिका र अन्तर्राष्ट्रिय खेलको तयारीका लागि अर्जेन्टिनामा छन् । आफ्नो कप्तान तथा मुख्य खेलाडी मेसीलाई क्लबमै राख्नका लागि अध्यक्ष जोन लापोर्टा पनि लागिपरेका छन् । उनले अध्यक्षको निर्वाचनमा मेसीलाई क्लबमा राख्ने विषयलाई मुख्य एजेण्डा बनाएका थिए । लापोर्टाले समर्थकहरुलाई मेसी बार्सिलोनामै रहने आश्वासन दिइरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार