शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • खेलकुद
  • बाजुरामा खेलक्षेत्रको विकासमा निरन्तर लाग्छुः अध्यक्ष थापा

बाजुरामा खेलक्षेत्रको विकासमा निरन्तर लाग्छुः अध्यक्ष थापा

  • शुक्रबार, जेष्ठ १४, २०७८
बाजुरामा खेलक्षेत्रको विकासमा निरन्तर लाग्छुः अध्यक्ष थापा

बाजुरा — जिल्ला खेलकुद विकास समिति बाजुराका नवनियुक्त अध्यक्ष राकेश थापाले जिल्लामा खेल क्षेत्रको विकास गर्नका लागि आफ्नो कार्यकाल भरि खटिएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार जिल्ला खेलकुद विकास समितिमा अध्यक्ष पदको जिम्मेवारी सम्हाल्दै थापाले जिल्लामा खेल क्षेत्रको विकास र खेलक्षेत्रलाइ चिनाउन निरन्तर लाग्ने प्रतिवद्धता जनाएका हुन् ।

No description available.

उनले बाजुरामा खेल क्षेत्रको विकास गर्न आफुलाई यहाँका सवै खेलाडी र खेलप्रमीहरुको साथ चाहिने बताए । सुदूरपश्चिम प्रदेशबाट जिल्ला खेलकुद विकास समितिको अध्यक्षकाे नियुक्ति पत्रसहित पुगेका अध्यक्ष थापालाई जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मी बडुवालले कार्यालयमा स्वागत गरेका थिईन् ।
त्यस्तै थापालाइ बधाइ दिन नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु सहभागि भएका थिए । अध्यक्ष थापालाई सुदूरपश्चि प्रदेशको खेलकुद परिषदले जेठ ९ गते बाजुराको खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त गरेको थियो । अध्यक्ष थापा सहित अव जिल्ला खेलकुद समिति बाजुरा ४ जनाको कार्य समितिले संचालन गर्ने भएको छ । अहिले अध्यक्ष मात्र नियुक्ति भएका छन् बाँकी ३ जना सदस्यहरु केही दिन भित्रै थपिनेछन् । अध्यक्ष थापा सहितको कार्यसमिति ४ वर्षका लागि कायम रहने बताईएको छ ।

चर्चामा

सम्बन्धित समाचार