बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • गणतन्त्रमा यस्तो नहुँनु प्रथ्यो!

गणतन्त्रमा यस्तो नहुँनु प्रथ्यो!

  • सोमवार, जेष्ठ १०, २०७८
गणतन्त्रमा यस्तो नहुँनु प्रथ्यो!

जनताको शक्ति देखेका भोगेका र जनताकै बलबुतामा सिखरमा पुगेका प्रधान मन्त्री र राष्ट्रपती ज्युले जो गरे त्यो नहुँनु प्रथ्यो।अहिले पनि देउपा सँग एउटा विक्लपछ त्यो हो सर्वोच्च अदालत।आफु सहित १४९जनाको सहिछाप गरिएको पत्र र ति सबैलाई अदालतमा प्रस्तूत गरेर लोकतन्त्रलाई कुण्ठित हुनबाट जोगाउँनु पर्छ जस्तो मलाई लाग्छ।
सबैभन्दा पहिलो गलति राष्ट्रपति बिध्यादेवी भण्डारीकोछ उन्को बिरुद्धमा महाअभियोग लगाएर उन्लाई कार्वाही गर्नुपर्छ।
यो देशको सम्बिधान र कानून भन्दा ठुलो अरु हुनसक्दैन।उनिहरु दुबैजना मिलेर देशको महान गणतान्त्रिक सम्बिधान माथि आकार्मण गरेकाछन।उन्ले लगातार दोस्रो पल्ट संसदलाई बिघटन गैर सम्बैधानिक र अलोकतान्त्रिक तवरबाट भंग गरेकाछन।अहिलेको अबस्था पनि गलत तरिकाले सत्ताको दुर्पयोग गर्दै प्रतिनिधि साभालाई आदिरातमा बिघटन गरेर मध्यब्दि चुनावको घोषणा गर्नु गलत भएकोछ।काग्रेसले १४९सासदको हश्तक्षर बुझाएपछि राष्ट्रपतिले सरकार बनाउन उनिहरुलाई बोलाउँनु प्रनेमा ओली सँग मिलेर राति १२:५०मा संसदको बिघटन गर्नुले उनिहरु ताना साह भयकोनै पुष्टी गर्दछ।आदर्णिय सर्वोच्च संसदिए पदमा बस्नु भएका राष्ट्रपति र प्रधान मन्त्री यो सदन जनताले चुनेर पठाएको प्रतिनिधि सभाहो यस्लाई दुर्पयोग नगरौँ अन्यथा जनताको शक्तिले सबै समस्याको हल गर्नेछ।आजको अबस्थामा तानाशाही ब्यबहार धेरैदिन टिक्नेछैन।
१०४बर्ष सम्म राज गरेर बसेका राणाहरुलाई फ्याँक्ने जनता पनि ईनैहुन,३२बर्स सम्म निरंकुश ब्यबस्था चलाउँने राजतन्त्रलाई फ्याँकेका पनि यिनै जनताहुन।संसारका कस्ता-कस्ता जार,हिट्लर र मूशोलियन समेतलाई तह लगाउँनेपनि जनतानैहुन।हिँजो खलङ्गाको नालापानी युधमा भोकै प्यासै लडेका पनि यिनै जनताहुँन।
जहिले सम्म हामिले राम्रो काम देश र जनताको हितमा गर्छौ त्यो बेला सम्म सम्मान मिल्छ,जब कतै बाटो बिराउँछौ त्यसको अध्यान जनताले गर्छ र रिजल्ट पनि सुनाउँछ।त्यो तानाशाहिको अनत्य भयानक हुनेगर्छ।अहिले समयमै राजनीतिक पार्टीहरुलाई बार्तलाभ गरेर राष्ट्रपतिले बिघटित संसदलाई पुर्नबहाली गरेर बहुमतलाई सरकारको बनाउँन बोलाउँनैपर्छ।अन्याथा आर्को पल्ट सर्वोच्चको सरणमा आएकाछन भन्ने बुझे हुन्छ।
अहिले देशमा चलेको यस्तो कोरोनाको महामारिले आहाल भयको अबस्थामा संसदलाई बिघटन गरेर निर्वाचन गराउँन खोज्नु गलत भयकोछ।त्यो पनि अहिले सम्विधानको धज्जियां उडाएर संसद बिघटन गर्नु तानाशाहिनै हो।जनताले सात दशक सम्म शंघर्ष गरेर आफ्नो रगत सँग साटेर ल्यायको गणतन्त्रिक ब्यबस्थालाई कुन्ठित गर्नथालेको मा हरेक नागरिकको मुटुपिरो भयकोछ।२४०बर्ष सम्म जनताले अत्याचार सहे शंघर्ष गरेर जेष्ठको१५विस.२०६५मा ल्याएको गणतन्त्र सँगै शड्यन्त्रमूलक तरिकाले संघियता प्रवेश गराएर जनताको शंघर्ष मा ब्रजपात गरियो।२०६२-६३को १९दिने महान र ऐतिहाशिक जन आन्दोलनले ल्यायको बहुदलिय ब्यबस्थालाई देशिय सामन्तबाद र बिदेशि साम्राज्यावादलाई अपच भयो।अहिले पनि उनिहरुको खास गरेर बिदेशिहरुको ईसारामा यो संबिधानको अबमुल्यन गर्दै संसदलाई बिघटन गराएकाछन।
जनताले अघात बिस्वाश गरेर कम्युनिष्ट भनौदाहरुलाई सरकारमा पुराए त्यो मात्र होईन झण्डै दुईतिहाई बहुमत दिएर सरकारमा पुराए ताकी देश शुरक्षित रहला जनतालाई रोजि रोटिको देशभित्र ब्यबस्थाहोला,जस्को जोत उसैको पोतको ब्यबस्था होला भनेर जनताले कम्युनिष्ट नामधारीहरु लाई छाने।बिढम्बना छरेको मकै निक्लियो काए,रोपियो काँक्रो ओईरलुभयो।
अहिले संसारका कयौँ देशहरुमा आ-आफ्ना नागरिकहरुको रक्षाका लागि उनिहरुको उपचारका लागि राजनीतिक पार्टीहरुले एकता गरेर कोरोनाको संकटबाट मुक्तिको उपाया खोज्दैछन तर हाम्रो देशमा राम्रो चलेको संसदलाई बिघटन गरेर तमासा गरिएकोछ।धिकारछ हाम्रा यि नालाएक नेताहरुलाई जस्ले आ-आफ्नो स्वार्थमा आफ्नो क्रतब्य बिर्शिन्छन।हाम्रो देश गरिब भएर जनताले दुःख पाएका होईनन बरु नेताहरु नालाएक भएर देशले दुःखपाएकोछ।आफुलाई कम्युनिष्ट भन्नेहरु सँग सामन्यातःपुँजिवादी नियम र अनुसाशनको पालन समेत गर्न सक्ने हुर्मोत छैन।सत्ताको मातले तानासाह बनेका यि घमण्डिहरु लाई जनताले आउँने दिनहरुमा धुलो चटाउँनेछन।परदेशमा गएका श्रमजीवीहरुको अकालै मृत्यु भयकोछ।घरमा दुईचार हजार आउँछ कि भनेर बसेकाहरुलाई जब तन्नेरी छोरा मेरेको खबर आउँछ त्यो बेलाको मर्म यो सरकारले थाहा पाउँन सक्दैन।यि धेरैजसो नालायक मन्त्रीहरूलाई दुःखदर्दको ऐसाशनै छैन।यस्तालाई जनताले आगामि निर्वाचनमा धुलो चटाउँनेछन।बिदेशमा गएका आफ्ना नागरिकहरुको रक्षा शुरक्षा को ख्याल नगर्ने देशमा आएको कोरोनाको यस्तो महामारिको बेला राजनीति बखेडा खडागरेर आफ्नो जिम्मेवारी बाट भाग्ने सरकार यो देशको होईन साम्राज्यावादी दलालहो प्रतिगामि र शडयन्त्रकारी सरकारको जति भ्रतसान गरेपनि कमहुनेछ।
राष्ट्रपति र प्रधान मन्त्रीहरु लाई जनताले त सबक सिकाउँछननै सर्वच्चले पनि देश र जनताको हितमा अबस्यपनि कदम चाल्नेछ।देशको सम्बिधानमा समाबेशी तथा समाजवाद अनमुख सरकारले पाईला चाल्नु पर्ने उल्लेख भयपनि यो सरकारले तानासाही पूर्ण गतिबिधी गर्दै देशलाई नाङ्गेझार पार्न तम्सेकोछ।जसलाई जनताले कहिलैई पनि माफि दिनेछैनन्।
अन्तःओलि र राष्ट्रपति समेतको मिलिभगतमा भयको प्रतिगामि र अलोकतान्त्रीक र असम्बैधानिक गतिबिधिको भण्डफोर्ड गर्न सम्पुर्ण देशवासीहरु अगाडि सर्नेछन।

चर्चामा

सम्बन्धित समाचार