बुधबार, जेष्ठ २, २०८१

महाँ तमाशा!

  • शनिबार, जेष्ठ ८, २०७८
महाँ तमाशा!

सुरेशकुमार पान्डे– मैले हिँजो “तमाशा”नामको सिर्शकमा एउटा छोटो लेख लेखेको थिएँ।त्यो लेख बडिमालिका ओनलाईनले प्रकाशन गर्यो।त्यो लेख प्रकाशन हुँनु पहिलेनै यानि की सोहि दिन मध्य रात्रिमा
१२ः५०मा प्रधान मन्त्रि ओलीले पुनःप्रतिनिधि सभालाई बिघटन गर्ने र कात्तिक२६गतेपहिलो चरणको निर्वाचन र मंगसिर३गते२०७८साल सुक्रबार मा दोस्रो चरणको जुनावका लागि सिफारीश गरे।रात्रीको१बजेर४९मिन्टमा सम्विधानको ७६को उपधारा(७)बोमजिम राष्ट्रीय सभालाई भङ्ग गरेर नयाँ प्रतिनीधि सभाको निर्वाचन गर्ने राष्ट्र्पतिले मोहरलगाईन।
यो कस्तो गणतन्त्रहो?जँहा दलहरुले आफ्नो अभिमत समेत राख्न नपाउँने।मध्यरात्रीमा यस्तो फैसलाले असोभनियताकै संकेत गर्दछ।यो भन्दा पहिले प्रधान मन्त्री ओलीले पुसको ५गते प्रतिनिधि सभालाई भङ्ग गरेर आम निर्वाचनको घोषणा गरेका थिए।जस्लाई सर्वोच्च अधालतले फागुनको ११गते ओलिको त्यो कदमलाई प्रकृया पुरा नभयको गैर सम्बैधानिक अलोकतान्त्रिक करार दिएर संसदको पुनर्वहाली गर्ने आदेश जारि गरेको थियो।जो संसदको अधिवेशन२३फागुनमा सुरु भयको थियो करीब १डेढमैना सम्म चलेको संसदमा पुनःगतिरोध भयकोछ।
बिरवार राष्ट्रपतिले २१घन्टाको समय सिमा तोकेर नयाँ सरकार बनाउँनका लागि दाबी प्रस्तुत गर्ने आदेश जारि गरेकि हुँन।साँझ पाँचबजे भन्दा पहिलैई नेपाली काग्रेसका शेरबहदुर देउपाले १४९जनाको हश्तक्षर सहित सितल निवाश पुगेका थिए तर त्यो भन्दा पहिले ओलीले १५३जना सासँदका हश्तक्षर गराएर राष्ट्रपति शमक्षा पुरासकेको जानकारी गराईन।त्यो तमासा देखेपछि यो लेखकले पनि आफुलाई चित्त नबुझेका केही बिचारलाई कलम बद्धगय्रो।१४९र१५३को जोड ३०३हुन्छ तर संसद मा सदस्य संख्याभने२७१मात्र थिए बाँकी सदस्य काँ बाट ल्याउँलान भनेर चिन्तागर्नु पनि स्वभाबिक थियो।यँहा निर केही त गलत हुँदैछ भन्दै मैले यसबारेमा छिट्टै प्रष्टहुने सङ्केत गरेको थिएँ साथै संसदिय अन्यौलको प्रकृयालाई लम्बाएर आम निर्वाचनको घोषणा गर्छन भनेर यो लेखकले हिँजोको त्यो”तमासा”सिर्शकमा लेखेको लेख भित्र समायोजित गरेको थियो न भन्दै आज त्यो लेख आफैले पढ्नु भन्दा पहिलैई प्रष्ट भयो।ओलिले संसदलाई बिघटन गरेर आम निर्वाचन गर्ने निर्णय गरेकाछन।
आखिर ओलिलाई यसरी तानासाह बन्न किन पय्रो?सरकारमा कयौँ आए गए,अबिस्वासको प्रस्ताब आउँछ अनि जान्छ कयौँले अबिस्वासलाई संसदको बिस्वास जितेर परास्त गर्छन कयौँ अबिस्वासको प्रस्ताब पारित भयोभेन सरकार ढल्छ।यो सामन्यातःपुँजिवादी लोकतन्त्रको प्रकृयाहो।तर त्यो प्रकृयाबाट भागेर ओलिले के गर्न खोज्दैछन।उनले बिगत देखि अप्नाउँदै आएको अलोकतान्त्रिक र गैर सम्बैधानिक प्रकृयाले उन्को ब्याक्तित्वमा प्रश्न चिन्न लागेकोछ।आखिर ओलिले देशलाई प्रतिगमन तर्फ ढेकल्न त खोजेका होईनन?वा उनि बिदेशीको गोटी बनेर उनिहरुकै ईसारामा यस्तो गर्दैछन?यँहा खोज्नै पर्नेकुरा यहीहो।देशको अहिलेको अबस्था जटिलछ।देशैभरि कोरोनाको कहर बढ्दैछ दिनौ सयौँ निर्दोशहरुको अकालमै ज्यान गएकोछ।आक्सिजनको खालि सिलेण्डरको समेत किल्लतछ।आक्सिजन नपाएर कयौँ ज्यानहरु समापत्त भयकाछन।यस्तो अबस्थामा देशको सर्वोच्च अङ्ग संसदमा यो महा तमाशा हुँदैछ।केका लागि?जनता नरहे देश नरहे कस्का निमित्त हो राजनीति गर्ने।यही अहिले सोचनिय बिषय भयकोछ।
अचम्मछ हाम्रो देशको कथा हालेर साध्यछैन लेखेर साध्यछैन।
देश बिदेशमा रहनु भयका तमाम नेपालि श्रमजीवीहरुको अहिले यत्यान्तै दर्दनाक अबस्था छ।हामि देशका नागरिकले नेताहरुको यो ब्यबहारबाट कस्तो शिक्षालिने?आखिर यिनि नेताहरुको ब्यबहारले देश कँहा जान्थालेकोछ।अहिलेको यही ओलिको ब्यबहारलाई पनि सहिभन्न सकिदैन।वास्तबिक रुपमा ओली घोर तानाशाही बनेका देखिन्छन।

आखिर ओलिले पुषको ५मा जब संसदको बिघटन गरे त्यो बेला देखि उन्ले लगातार कुनैन कुनै बहाना बनाएर प्रतिगामि खेल खेल्दैछन।सर्वोच्चको फसला पछि उन्ले बिस्वासको मत नपाउँने निश्चित थियो त्यो देखेपछि उन्ले एक पछि एक जाल बुन्दै संसदलाई लतार्न थालेका हुँन।२७बैसाखमा उन्ले संसदमा बिस्वासको मत नपाएपछि पदमुक्त भएका ओलिलाई राष्ट्रपतिले३१बैसाखमा संबिधानको धारा७६(३)बमोजिम अल्पमतको सरकार बनाउँन आदेश दिईन एमाले संसदमा ठुलो दलको हैसियत राख्छ।त्यो बेला संसदको पुनर्वहालि भएपछि प्रधानमन्त्रीले एक मैना भित्रमा संसदमा बिस्वासमत प्राप्त गर्नु प्रने सम्बैधानिक नियम हुन्छ।बिस्वासको मत पाउँने नदेखेपछि उन्ले लगातार यस्तो चाल चल्दै आएकाछन।नेपाली काग्रेसका शेरबहादुरले १४९ सदस्य सहित को हश्तक्षर लिएर गए तर त्यो भन्दा पहिले ओलीले १५३जनाको मत आफु सँग भयको दाबी गरेर सितल निवाशमा पुगे।उन्ले जसपाका ३२र जनालाई गिन्ति गरेपनि बाबुराम लगायत१२जनाले बिपक्षमा हश्तक्षर गरि सकेकाछन।त्यो जानेर उन्ले मध्य रातमा संसदको बिघटन गर्ने सिवारीश गरेका हुन।
वास्तबमा राष्ट्रपति को भुमिका निश्पक्षिय नभयको र ओलि तिर झुकेकोले अरु दलले सरकारको दाबी गर्दा राष्ट्रपतिले ओलिले पनि दाबी गरेको भन्दै जुन ईसारा गरिन त्यो गलत थियो।त्यो भोलिपल्टै पुष्टी हुँने देखेरनै रातोरात संसदको बिघटन र मध्याब्दि निर्वाचनको घोषणा भयकोछ।

अहिले ओलिले गरेको प्रतिगामि कदमको बिरुद्धमा शेरबहादुर दिउपा-नेपाली काग्रेसका अध्यक्ष,पुष्पकमल दहाल-नेकपा माओवादी केन्द्र,माधवकुमार नेपाल-वरिष्ठ नेता नेकपा एमाले,उपेन्द्र यादव-अध्यक्ष जसपा नेपाल,दुर्गा पौड्याल राजमो उपाध्यक्षहरुले ओलिको प्रतिगामि कदमको बिरुद्धमा सयुँक्त आन्दोलन गर्ने निर्णय गरेकाछन।
ओलिले नेकपा माओवादी बाट खोसेर मन्त्री बनाएकाहरु पहिलैई सर्वोच्चको आदेशपछि सात जना२०७८जेष्ठको६गते बिहवारनै प्रधान न्यायधिश चोलेन्द्र शमसेर जवाराको एकल ईजलाशाले धारा७८बोमजिम खारेजगरेर उनिहरुलाई पद मुक्त गरि सकेकोछ।जसमा गृहमन्त्री रामबहादुर थापा,उद्दोग मन्त्री लेखराज भट्ट,उर्जा मन्त्री टोपबहादुर रायमाझि,सहरी बिकाश मन्त्री प्रभु साह,खानेपानी मन्त्री मणिथापा,श्रम मन्त्री गौरी शंकर चौधरी,युवा तथा खेलकुद मन्त्री दावालामा मन्त्रीपदबाट मुक्त भैसकेका थिए।केपि शर्मा ओलिले लगभग एकबर्ष यता उन्ले गरेको कामको मुल्यांकन गर्दा धेरैजसो असम्बैधानिक र अलोकतान्त्रीक प्रकारकोछ।ओलिको यो कार्या प्रणालिलाई कत्ति पनि ठिक भन्न सकिदैन।उन्को तानासाहि प्रकारको कृयाकलापको भण्डाफोर्ड गरेर जानुपर्छ।तर जुन जुन शक्ति सँग मिलेर हामिले शंघर्ष गर्छौँ उनिहरु पनि पुर्ण बिस्वाशिला होईनन्।उनिहरुले शंघर्ष गर्ने सत्ताको लागिनै हो तर हामिले गरेको शंघर्ष निस्वार्थ र गणतन्त्रको हितमा केन्द्रित हुन्छ।
अहिलेको शंघर्ष सत्ताको लागि होईन सम्बिधानको रक्षाको लागि गर्नु पर्दछ।गणतान्त्रिक शक्तिहरुको एकताले देशलाई प्रतिगमन तर्फ जानबाट जोगाउँन सक्छ।अहिले पुर्व राजा ज्ञानिन्द्र शाह समाज तले ओलिको यो कदमलाई कोरोना महामारिको बेलामा यस्तो गरेर आफु जिम्मेवारी बाट जोगिन खोजेको आरोप लगाएकाछन,जनताले उनिहरुको यो ब्यबहारको कहिले माफनगर्ने समेत उन्ले टुईट गरेकाछन।वास्तबिक रुपमानै अहिलेको यो ओलिको कदम अत्यान्तै गैरजिम्मेदाराना छ।

देशमा कोरोनाको यस्तो महामारी भयकै बेला सबै राजनीतिक शक्तिहरु मिलेर जानुको सट्टा ओलिले गरेको सत्तालोलुप्ताको खेललाई जनताले माफ पक्कै पनि गर्नेछैनन्।हामिलाई भन्दा पनि नराम्रो लाग्छ अहिले सम्मानिय राष्ट्रपति ज्युको पनि ब्यबहारलाई सङ्का मुक्त गर्न सकिदैन।उनि पनि अहिले पनि प्रधान मन्त्रीको पक्षमा लक्षित छन।अहिलेको राजनीतिक आन्दोलन उनिहरुको यो प्रतिगामि शड्यन्त्रको बिरुद्धमा लक्षित हुनैपर्छ तर सबैभन्दा पहिले देशका जनतालाई कोरोनाको महामारि बाट जोगाउँन हामिसबै राजनीतिक सामाजिक नेता कार्याक्रता हरुको क्रतब्य बन्छ।देशको यस्तो भयभाव अबस्थामा हामि सबैको सद बुद्धि पलावश नत्र आगामि निर्वाचनमा दुःखपाएका जनताको बुद्धी अबस्य पलाउँनेछ।

चर्चामा

सम्बन्धित समाचार