बुधबार, जेष्ठ २, २०८१

तमाशा

  • शनिबार, जेष्ठ ८, २०७८
तमाशा

सुरेशकुमार पान्डे– सम्मानिय राष्ट्रपति बिध्यादेवी भण्डारीले बिरवारको एक्काईस घण्टाको म्याद दिएर सम्विधानको धारा७६को(उपधारा५)बमोजिम नयाँ सरकार बनाउँन आबह्रान गरिन।त्यो आफैमा एउटा प्रतिगामि फैसलाथियो।यतिछोटो समयमा राजनीतिक पार्टीहरुलाई नयाँ सरकारको गठन गर्न बोलाउँनु गलत भयको कयौँ सम्बिधानका निर्माताहरुले पनि बताएका थिए।कम्तिमा तिन दिनको समय दिनुप्रदथ्यो भन्ने सबैलाई लागेको थियो।
उन्ले सुक्रवार सात गते साँझ पाँच बजे सम्म दावा पेस गर्न भनेकी थिईन त्यहीनुसार शेरबहादुर दिउपाले १४९सान्सदहरुको हश्तक्षर गराएर सितल निवाश गएको दाबी गरेकाछन।जस्मा६१जना काग्रेस,४९जना माओवादी केन्द्र,नेपाल समुहका२७जना र समाजवादी पार्टीका उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षका गरी १४९पुराएको दावी गरेकाछन।एमाले पक्षका२८जना साँसदले हश्तक्षर गरेको गगन थापाले पनि दाबा गरेको भनिन्छ।तर कयौँले भने उन्को दाबीलाई झुठ बताएका छन।
यँहा देख्नु पर्ने कुरा के भने जम्मा जम्मि२७१सिटमा १४९मा नेपाली काँग्रेस र १५३ प्रधान मन्त्रीले दाबी गरेकाछन।एमाले१२१,र जसपाका३२लाई जोडेकाछन।यसरी १५३जनाको समर्थन आफुलाई रहेको बताएकाछन।उन्ले जसपाको तर्फ बाट अध्क्ष महन्त ठाकुर,संसदिय दलका नेता राजेन्द्र महतो र नेकपा एमालेको अध्यक्षको हैशियतले आफै हश्तक्षर गरेको बताईन्छ।
बुझ्नै पर्ने कुरा के हो भने१५३+१४९=३०२पुग्छ तर सिट २७१छन बाँकि ३१सिट कँहा बाट आउँछ?यँहा कसैले त अबस्य पनि गलत दाबी गरेकोछ।अहिले मिडियामा कसैको नाम उछालेपनि हामिले कसैको पक्षमा नभै समग्रहमा भन्दा दुबै पक्ष मध्य कुनै एकपक्षले झुट बोलेकाछन भन्ने हामिलाई लागेकोछ।
त्यो त छिट्टै पुष्टी हुन्छनै त्यसपछि सबैको माझमा छर्लङ्गै हुनेछ।
अहिलेनै हामिले त्यसबारे केहि भन्दा असान्द्रभिक होला।तर यो बिषय तर्फ भने जनताको अबस्य सरोकार रहेकोछ।
अहिले देशमा लगातार कोरोनाको चपेटमा मानिशहरु मरेकाछन कयौँले अस्पत्तालको आईसियु समेत पाउँन नसकेको दिनौ सोशिल मिडियाहरुमा आई रहेकोछ।उपचारको लागि मानिशहरुले अस्पत्ताल धाई रहेकाछन,आक्सिजनको कमिले कयौँको ज्यान गयको सार्वजनिक समाचारहरु आईनै रहेकोछ।यो देश मा आक्सिजनको कमि हुँनु भनेको दुःखलाग्दो बिषयहो।हाम्रो देश जस्लाई हरियो बन नेपालको धन भनिन्छ,यस्तो स्वर्ग तुल्य देशमापनि आक्सिजन छैन।अहिले भारत र चीनले त्यो आक्सिजन पठाएकाछन भन्ने पनि समाचरहरु आई रहन्छन।यस्तो अबस्थामा जनताको दुःख दर्द सँग एकाकार भएर उनि हरुको बिचमा जानु पर्नेमा नेताहरु यो सरकार लाई ढाल्ने र सरकारले प्रतिगामि कदम चाल्ने जस्ता घृणित कार्याहरु सोभनिय बिषय पक्कै पनि होईन।आखिर यो देशका साशकहरुले कहिले दुरदर्शियता अपनाउलान?के यो देश र जनताको उत्तरदाई सरकार कहिले बन्ला?जनताले मात्र होईन संसारले अहिले यस्तै प्रश्न गर्न थालेकाछन।
देशभित्र कोरोनाको यस्तो कहर छाएकोछ त्यही अबस्थामा देशभित्रका राजनीतिक शक्तिहरुको यस्तो दुरदशा हुँन्छभने देश हेलारी हुन्छकी हुँदैन?यसबारेमा हामिले निदार खुम्चाउँन पर्लाकी?यही बेलामा एम सीसीलाई पास गराउँने कुराहरु उठाएकाछन।त्यसैले यो देशलाई कस्ले चलाएकोछ भनेर अहिले प्रश्न उब्जिनथालेकोछ।साम्राज्यावादीले हाम्रो देशलाई तहश नहश पार्ने उदेश्यले पहिले गणतन्त्र सँगसँगै संघियता पठायो जस्ले देशलाई सात टुक्रामा प्ररिणित गरेकोछ र अत्यान्तै खर्चिलो ब्यबस्था आईलागेकोछ।संघियता ले गर्दा गणतन्त्रलाई सँस्थागत गर्न सकिएकैछैन।
एउटा गरिब र भुपरिबेष्ठित देश जो सँग एउटा शमुन्दरिए मार्ग समेतछैन त्यस्तो देशलाई साम्राज्यावादीको ईसारामा संघियता लधाएर देशलाई नाङ्गेझार पारेकोछ।तरपनि नपुगेर अहिले एमसीसी लाई पारित गराएर देश साम्राज्यावादको रण क्षेत्र बनाउन ठुलो कसरत गरेकाछन।
हाम्रो देशलाई नाङ्गेझार पार्न र जनताको उठिबाश पार्नलाई खास ठुलो तोप चलाउनु पर्दैन।एउटा सहरमा एउटा बिदेशी “बिग बजार”भैदिए पुग्छ।साम्राज्यावादले एउटा ठुलो बिल्डिंग बनाएर त्यसैमा सबै समान राखेर बिक्रि गर्न थाल्ने हो भने यँहाका सबै ससाना दोकान दारहरु नाङ्गेझार हुन्छन र आफ्नो टाटपल्टाईले गर्दा पलायन हुन्छ।जनतालाई लुटेर बिदेशमा आर्थिक पुराउँन थालेपछि त्यो देश हरिकंगाल हुँन्छ पहिले जो बिप्पा कानुनलाई बाबुरामको समयमा ल्याएका थिए त्यो त्यही थियो।यसरी पटक पटक असमान नियमहरु बिदेशी हरु सँग करार गरेर देशभित्राउँदा देशनै सखाफ हुन बेरलाग्दैन।अहिलेको एमसीसी झन अहिले सम्मको सबैभन्दा घृणित र राष्ट्रघाती सम्झौताहो जस्लाई पारीत गर्न न्वरान सम्मको जोड लगाएकाछन।यसमा पक्ष बिपक्ष हरुले सुपारि खाई सकेको भयर त देशलाई यस्तो अबस्थामा पुराएका हुँन।एका तिर देशमा बिदेशिको हश्तक्षेप बढेर जानु उस्तै प्रतिगमनको खतरा हुँनु र देशभित्रका राजनीतिक पार्टीहरुले दिनौ सरकार फाल्ने र बनाउँने तमासा गर्नु भनेको राम्रो संकेत होईन यो असोभनिय बिषयहो।
अहिले पनि ओलिले चाल चलेर सरकारलाई हत्थाउँने र बिस्तारै स्थिर गर्दै अन्तत्वगत्व संसदिय निर्वाचन गराउँने खेल खेल्दैछन भन्नेकुरा प्रष्टैछ।अहिले कस्को दाबी झुट र कस्को साँचो छ भन्नेबारे हेर्न बाँकिनैछ।

चर्चामा

सम्बन्धित समाचार