शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • कोरोना रोकथामका लागि शिक्षकहरुकाे माइकिङ, सबै सचेत बनाै घरबाहिर ननिस्कनुहाेस 

कोरोना रोकथामका लागि शिक्षकहरुकाे माइकिङ, सबै सचेत बनाै घरबाहिर ननिस्कनुहाेस 

  • बुधबार, जेष्ठ ५, २०७८
कोरोना रोकथामका लागि शिक्षकहरुकाे माइकिङ, सबै सचेत बनाै घरबाहिर ननिस्कनुहाेस 

बाजुरा — यतिबेला बिश्व कोराना माहामारीको चपेटामा परेको छ । त्यो सगै नेपाल र सुदुर पश्चिमको बाजुरा पनि अछुतो छैन । यसै बिच कोरोना महामारीका बेला शिक्षकहरुको पनि अहम भुमिका हुने गर्दछ । तर धेरै शिक्षकहरुले त्यो अपनत्व नलिएको पाइएको छ ।
बिद्यार्थी र अभिभावकहरुलाई सचेत तथा सजक रहन बजार गाउँमा शिक्षक संगठनका शिक्षकहरु गाउ र बजारमा अभियान र माइकिङ गरि सचेतना फैलाइरहेका छन । नेपाल शिक्षक संगठनको अभियानमा चोयाकोट माबि र कन्र्भस एकेडेमी बोडिङ स्कुलका शिक्षकहरु सो अभियानमा लागेका छन ।
यतिबेला कोरोनाका कारण सबै बिद्यालयहरु बन्द गरिएका छन तर शिक्षक धन बहादुर रावल लगायत उनको बिद्यालयका र कन्भर्स एकेडेमी बोडिङ स्कुलका शिक्षकहरु भने कोरोना महामारी रोकथामका लागि लागिरहेका अभिभावकहरुले बताएका छन ।
शिक्षकहरु एक पछि अर्को गरि गाउँगाउँमा सरसफाई, स्वास्थ्यका कुराहरु अभिभावकलाई सिकाउदै आएको शिक्षक धन बहादुर रावलले बताए ।
महामारीका बेला स्वास्थ्य कर्मिले मात्रै लाग्ने र अन्यको भुमिका नहुने भन्ने सोचाईलाई परास्त गर्न केही शिक्षकहरु गाउँ टोलमा लाग्नुपर्ने शिक्षकहरुले बताएका छन । यो समय सबैको भुमिका बराबरी रहेको शिक्षकहरुले बताए ।

चर्चामा

सम्बन्धित समाचार