शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • त्रिवेणी
  • आइडिएस नेपालद्धारा त्रिबेणी नगरपालिकामा मास्क बितरण

आइडिएस नेपालद्धारा त्रिबेणी नगरपालिकामा मास्क बितरण

  • आइतवार, जेष्ठ २, २०७८
आइडिएस नेपालद्धारा त्रिबेणी नगरपालिकामा मास्क बितरण

बाजुरा — जिल्लाकाे त्रिबेणी नगरपालिकमा आइडिएस नेपाल र बिश्व खाद्य कार्यक्रमद्धारा मास्क बितरणका साथै हात धुने बिधीका बारेमा सिकाएकाे छ ।   सचेत बनौ र सचेत बनाऔं भन्ने अभियानका साथ त्रिवेणी नगरपालिकामा रहेका केही समुदायमा आइडिएस नेपाल र बिश्व खाद्य कार्यक्रमको जनहित मा जारि सन्देश सँगै सचेतना फैलाउने काम भएको पालिका संयोजक बृक रावलले वताएका छन् । मास्क बितरण सँगै सामाजिक दुरि कायम गरौ, साबुन पानीले हात धोऔँ मास्कको प्रयोग गरौं, अनाबश्यक रुपमा भिडभाड नगरौ जस्ता सन्देश आइडिस नेपालले बाजुरामा “सचेत बनौ, सचेत बनाऔं ” अभियान चलाइ रहेकाे आइडिस नेपालका जिल्ला संयाेजक प्रेम खनालले वताए ।

No description available.
घर घरमा पुुगेर घर बाहिर ननिस्कौं र घर बाहिर निस्किनै परे मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गरौं भन्ने जानकारि गरिरहेको खनालले वताए । बाजुराका ९ वटा स्थानिय तह, सरकारी तथा गैर सरकारी कार्यलय, स्वास्थ्यकर्मी, नागरिक समाजले चेतना फैलाउने काममा लागि परेका र साेही बमाेजिम आइडिएस नेपाल र बिश्व खाद्य कार्यक्रमले पनि अभियान संचालन गरेकाे खनालले बताएका  छन् । कोरोना बाट बच्न साबुन पानिले हात धुन सरसफाईमा ध्यान दिन सामाजिक दुरी कायम गर्न घर घरमा पुुगेर चेतना फैलाइरहेका पालिका संयाेजक रावलकाे भनाइ रहेकाे छ ।
बिद्यालय बन्द भएपनि सरसफाइ सम्बन्धी जनचेतना तथा सहजीकरण गर्नका लागी टोल टोलमा पुुगेर स्वास्थ्य सन्देश फैलाइरहेका छन् ।  शिक्षकहरु टोलटोलमा पुुगेर स्वास्थ्य सन्देश दिइरहेको त्रिवेणी नगरपालिका – ८ का कार्यपालिका सदस्य तथा नवदुर्गा आवि का वि .ब्य. स . अध्यक्ष हरि नेपाली बताए । मास्क लगाउने तरिका सरसफाईमा ध्यान दिनुपर्ने र लकडाउन कार्यनवयन गर्न बारे घर घरमा पुुगेको रावलले वताए । जिल्लामा गैरसरकारी संस्थाहरुले स्थानिय तहमा सामाजिक परिचालक परिचालन गरेर स्वास्थ्य सन्देश दिइरहेका बताइएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार