बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कला /साहित्य
  • यो टुट फुटको प्रकृयाता त लगातार हुनेगर्छ,

यो टुट फुटको प्रकृयाता त लगातार हुनेगर्छ,

  • आइतवार, जेष्ठ २, २०७८
यो टुट फुटको प्रकृयाता त लगातार हुनेगर्छ,

यो टुट फुटको प्रकृयाता त लगातार हुनेगर्छ,
राम्रो काम गर्ने पनि कुनै दिन गद्धार हुनेगर्छ।

पुँजिवादी समाजको खासियतनै हो यो मित्र,
याँहा त रुपायाले सबै बिक्रि ब्यापार हुनेगर्छ,

क्रान्तिनै गर्ने हो भने हतास हुँनुभैन कामरेड,
क्रान्तिकारीहरु लाई मात्र बढि भार हुनेगर्छ।

आउँने जाने प्रकृया चलिरहन्छ निरास न हौँ,
क्रान्ती कसैलाई त रुपायाँ सँग प्यार हुँनेगर्छ।

कैले क्रान्तीकारी कैले अवसरबाद नृतित्वमा,
त्यसैले गर्दा बर्ग सँघर्षमा पनि दरार हुनेगर्छ।

प्रष्टै हुन्छ समाज वादी देशको ईतिहाश हेर्दा ,
क्रान्ती त सफल परिस्थिति अनुसार हुनेगर्छ।

यिनैबाटनै बर्गशंघर्ष सम्पन्न गर्नुछ देश भित्र,
उग्र वाम्पन्थिलाई मात्रनै पढी हतार हुनेगर्छ।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार