मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • कोरोनाका कहर बाट सचेतना फैलाउदै

कोरोनाका कहर बाट सचेतना फैलाउदै

  • आइतवार, जेष्ठ २, २०७८
कोरोनाका कहर बाट सचेतना फैलाउदै

बाजुरा–पछिल्लो चरणमा तिब्र रुपमा कोरोनाको कहर गाउँगाउँमा फैलिदै गएको छ । कोरोनाको कहर सँगै डर त्रास बढेदै गएपछि गाउँगाउँमा कोरोना बाट बच्नका लागि बाजुरामा सचेतना फैलाउने काम भइरहेको छ ।
सचेत बनौ र सचेत बनाउ भन्ने अभियानका साथ जगन्नाथ-३ मनिकाँडामा आइडिस नेपाल र WFP को जनहित मा जारि सन्देश सँगै सचेतना फैलाउने काम भएको सामाजिक परिचालक तेज शाहिले वताएका छन् । मास्क बितरण सँगै सामाजिक दुरि कायम गरौ, साबुन पानिले हात धोऔँ मास्कको प्रयोग गरौं, अनाबश्यक भिडभाड नगरौ जस्ता सन्देश दिइरहेको शाहिले वताए । आइडिस नेपालले बाजुरामा “सचेत बनम सचेत बनाम” अभियान चलाइ रहेकाे आइडिस नेपालका जिल्ला संयाेजक प्रेम खनालले वताए ।
घरघरमा पुुगेर घर बाहिर ननिस्कौं र घर बाहिर निस्किनै परे मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गरौं भन्ने जानकारि गरिरहेको शाहिले वताए । बाजुराका ९ वटा स्थानिय तह, सरकारी तथा गैर सरकारी कार्यलय, स्वास्थ्यकर्मी, नागरिक समाजले चेतना फैलाउने काममा लागि परेका छन् । कोरोना बाट बच्न साबुन पानिले हात धुन सरसफाईमा ध्यान दिन सामाजिक दुरी कायम गर्न घर घरमा पुुगेर चेतना फैलाइरहेका छन् ।
बिद्यालय बन्द भएपनि शिक्षक पनि टोल टोलमा पुुगेर स्वास्थ्य सन्देश फैलाइरहेका छन् । बडिमालिका नगरपालिका १ चोयाकोट माबिका शिक्षक धन बहादुर रावल भन्छन्, शिक्षकहरु टोलटोलमा पुुगेर स्वास्थ्य सन्देश दिइरहेको वताउँछन् । मास्क लगाउने तरिका सरसफाईमा ध्यान दिनुपर्ने र लकडाउन कार्यनवयन गर्न बारे घर घरमा पुुगेको रावलले वताए । जिल्लामा गैरसरकारी संस्थाहरुले स्थानिय तहमा सामाजिक परिचालक परिचालन गरेर स्वास्थ्य सन्देश दिइरहेका छन् ।
जिल्ला प्रहरी कार्यलय बाजुराले लकडाउन कार्यनवयन गराउन सँगै स्वास्थ्य सन्देश दिइरहेको छ । प्रहरी टोलटोलमा पुुगेर चेतना फैलाउने काम गरिरहेको प्रहरी प्रमुख मदन महराले वताएका छन् । मास्क नलगाएर हिडनेलाई मास्क किन्न लगाएर लगाउन प्रेरित गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार