शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • सीसीएमसीको बैठकले ओली-नेपाल भेटवार्ता पर धकेलियो

सीसीएमसीको बैठकले ओली-नेपाल भेटवार्ता पर धकेलियो

  • आइतवार, जेष्ठ २, २०७८
सीसीएमसीको बैठकले ओली-नेपाल भेटवार्ता पर धकेलियो

काठमाडौं — कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक लम्बिँदा प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपालबीच १ बजे हुने भनेको भेटवार्ता पर धकेलिएको छ ।
अहिले सिंहदरबारमा प्रधानमन्त्री ओलीसहित सीसीएमसीको बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीले सरकारको सम्पूर्ण शक्ति कोभिड १९ विरुद्धको लडाईं खर्चिने घोषणा गरेसँगै प्रधानमन्त्री ओली यससँग सम्बन्धित बैठक र छलफलमा सहभागी बन्दै आएका छन् । मुलुकमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र बनिरहेको बेला बोलाइएको सीसीएमसी बैठकले महामारी नियन्त्रण तथा रोकथाममा थप निर्णयहरु गर्ने बुझिएको छ ।

प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा स्वास्थ्य क्षेत्रका विज्ञ, निजी क्षेत्र तथा सरोकारवालासँग कोरोना नियन्त्रणका लागि गर्नुपर्ने कामबारे छलफल गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार