शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • राता मण्डले हुँन यिनिहरु कम्युनिष्ट भन्न मिल्दैन।

राता मण्डले हुँन यिनिहरु कम्युनिष्ट भन्न मिल्दैन।

  • आइतवार, जेष्ठ २, २०७८
राता मण्डले हुँन यिनिहरु कम्युनिष्ट भन्न मिल्दैन।

सुरेशकुमार पान्डे–जनताहरु कम्युनिष्टमय हुँदा पनि जनतालाई गाईड गर्न नसकेर आपसमा एकले आर्काको खुट्टा तानातान गरेकाछन।कसैले कम्युनिष्टको शिध्दान्तको नाउँमा कसैले क्रान्तिका नाउँमा बर्गशंघर्षको नाउँमा।जुनसुकै बहाना बनाएपनि एकले आर्कालाई निचा देखाउँने र आफुलाई खाटीको कम्युनिष्ट देखाउँनलाई आपसमा ताना तान तैँ खराब मै सहि बाहेक अर्को लडाई छैन।बिस.२००६सालको गठनकाल देखि अहिले सात दशकको कम्युनिष्ट ईतिहाशमा आपसमै लडेर सकिन थालेकाछन।यिनिहरुले एकले आर्कालाई पच्छार्न दुई तिहाईको बहुमत समेत पचेन।नागरिकहरु यसो सोचौँ त दुई तिहाई बहुमत को सरकार हुँदा किर्षिकानून बनाएर सर्वाहारा सुकुमबासी गरिबलाई जिमिन बितरण गर्न कस्ले रोक्यो?जातिय लैङ्गिय बिभेदको द र बिसङ्गति लाई समानता पर्दान गर्न कस्ले रोक्यो?प्रष्टैछ उनिहरुको आफ्नै नियतिले रोकेको हो।उनिहरुको उदेश्यनै होईन कृषिक्रान्ति गर्ने,जातिय मुक्तिगर्ने यो सबै एउटा सत्तामा पुग्ने एजेण्डा मात्रहो।
हिँजोका दिनहरुमा कम्युनिष्ट बैचारीक लडाई लड्दथे शैधान्तिक लडाई लड्दथे तर बिस्तारै अहिले सरकारमा जानलाई लड्न थाले।हाम्रो नेपालका कथित कम्युनिष्ट भन्दा अलि राम्रो छिमेकी देशमा केही राजनीतिक पार्टीहरुको नैतिकस्तर ठिकछ।उनिहरु जनता प्रति जिम्मेदारछन देशभक्तछन।दिल्लिमा आम आद्मी पार्टी,पश्चिम बंगाल मा तृमूल क्राग्रेशले पनि अहिले सम्झौताहिन शंघर्ष गरेर देखायो।तिनै पार्टीहरु जत्तिको अडान नभयका राजनीतिक पार्टी हाम्रो देशका कम्युनिष्ट भनौदाहरुकोछन।
जनताहरु लाई राणाहरुले दमन गरे निरङ्कुशता लाधे,राजाले पनि जनतामा तानाशाहि ब्यबस्था लाधे तर अहिलेका कम्युनिष्टहरुले जस्तो जनतालाई भ्रम दिएनन्।अहिलेका कम्युनिष्ट पार्टीहरुले जनता सँग ठुलो गद्धारी गरेकाछन,पाईलै पछि जनताको बिस्वाश सँग खेलबाड गरेकाछन।जाबो बन्दुक पड्काउँने र निहत्यामाथि दमन त जस्ले गरेपनि भयो।बरु बन्दुक किन र कस्को हितमा पड्काउँने त्यो बुझ्नुपर्छ।
नेपाली काग्रेशले वैराङ्गिया सम्मेलनमा तानाशाही ब्यबस्थाको बिरुद्धामा सशस्त्र शंघर्ष को बेगुल बजाएको थियो।तर कम्युनिष्टहरुले जनतालाई भ्रमदिनलाई मात्र सशस्त्र शंघर्ष गरेनन्।के आई सिहँले ठुलो बिद्रोहगरे,राम राजा प्रसाद सिहँ समेतले काठमाण्डौमा बोम फालेर जनतालाई बेबकुफ बनाएका थिए।त्यो बोमफालेर बन्दुक पड्काएर मान्छे मारेर केभयो?के देशभित्र आमुल परिवर्तन भयो,माओवादीले २०५२सालदेखि शहिदको खेति गय्रो१७०००मान्छे मार्यो।नेपालको अहिले सम्मको ईतिहाशमा बृटिश साम्राज्यावादको आकार्मणमा पनि एतिका मानिशहरु मारिएका थिएनन् जति माओवादीको कथित जन युद्धा ताक निर्दोश मानिशहरु मारिए।के देशमा आमूल परिवर्तन भयो?भयन।सबैलाई थाहाछ ।
ब्यबस्था अहिले पनि उस्तैछ,फरक केछ त?हिँजो राजाहरुको हालिमुहाली थियो आज कथित कम्युनिष्ट भनौदाहरुको हालि मुहालीछ,तर साशन ब्यबस्था उस्तैछ।अहिले पनि देशमा बिदेशी हश्तक्षेप कमभएकोछैन,देशका नागरिकको रक्षा शुरक्षा रोजी रोटीको ज्ञारन्टीछैन,भ्रष्टचार पहिलेको भन्दा बढेर गयकोछ।देशको उद्दोग धन्दामा कुनै ईजाफा भयकोछैन बरु पुराना कारखानाहरु बन्द भयकाछन,वा निजिहातमा गयकाछन।देश अहिले पनि परनिर्भरछ।आखिर हिँजोका दिनहरुमा राणा साशनको बिरुद्धमा लडेर शहिद भयका,राजतन्त्रको बिरुद्धमा लडेर ज्यान दिएका महान प्रजातन्त्र प्रेमिहरुको रगत ब्यार्थै गयो।
अँझै देशमा आमूल परिवर्तनको लागि ठुलो र ऐतिहाशिक शंघर्ष नगर्दा सम्म देशमा आमूल परिर्तन हुँन सक्नेछैन।
उनिहरुले समय समयमा पड्काएको बन्दुक कस्को बिरुद्धमा पड्कियो स्वायम उनिहरुको ब्यबहारले पुष्टीगरेकोछ।सर्वहारा मुक्तिका धाग लगाएपनि,नयाँ जनवादी क्रान्तिका गफ लगाएपनि सबै उनिहरुको पानी धमुलेर माछा मार्ने सड्यन्त्रहो।
हिँजो हात्थिछाप लगाएर परदेशमा बास र गासको लागि परवाशी मज्दुरको अगाडि भिक माग्नेहरु आज हात्थि पार्टीमा परिणित भयकाछन,उनैको हालिमुहालीछ तर जस्को नाउमा शंगर्ष गर्ने भनियो त्यो बर्ग उस्तैछ।मात्र बर्ग भित्र बर्गको उत्तपत्तिभयो।कमान अवसरबादीको हातमा पूर्णत अन्तरनिहित भयो त्यही गर्नको लागि समय समयमा कम्युनिष्टको झण्डालाई उपयोग गरियो।कम्युनिष्टको लोगो बेचेर संसदिय रंङमञ्च तताउँदैछन।मन्त्री बनेर देशको ढुकुटी र गरिब श्रमजीवीहरुको रेमिटेन्समा ऐयासी गर्नेहरुले आफुलाई कम्युनिष्ट भन्नु कम्युनिष्टको शिधान्तलाई गालिगर्नुनै हो।उनिहरुले जनता सँग मात्रहोईन विस्वकम्युनिष्ट आन्दोलन सँग समेत गद्धारी गर्दैछन।
पार्टीको अनुसाशन केहो?गोपनेता केहो उदेश्य केहो त्यो भन्दा जस्लाई जे लाग्यो त्यहि गरेकोछ।जँहापनि पार्टीको आलोचना ब्याक्तिको चरित्रहत्य गर्ने र आफु पानीमाथिको ओभानो हुनखोज्ने मात्र गरिन्छ।देशको बारेमा जनताको हितको बारेमा कसैले केहि गर्दैनन।कसैले गर्नखोजेकोछ भने उस्लाई बिभिन्न बहानामा बद्नाम गर्ने र उस्का खुट्टा तान्ने काम मात्रै गर्दछन।
अहिलेको यो संबेदन सिल परिस्थितिमा पनि जनताको भन्दा आफ्नो कुर्चिलाई कसरी जोगाउँने भन्दै सान्सदको खरिद गरिन्छ।जनताले देशको लागि पठाएका लाल गद्धारहरु चन्द रुपियामा बिक्छन।यसलाई कम्युनिष्टहोईन राता मण्डले भन्नुपर्छ।

चर्चामा

सम्बन्धित समाचार