शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कोई जन्मिए कयौँ मरे यो संसार यस्तैछ,

कोई जन्मिए कयौँ मरे यो संसार यस्तैछ,

  • शनिबार, जेष्ठ १, २०७८
कोई जन्मिए कयौँ मरे यो संसार यस्तैछ,

कोई जन्मिए कयौँ मरे यो संसार यस्तैछ,
जन्मिने र मर्ने प्रकृतिकै ब्यबहार यस्तैछ।

दुःख त जबलाग्छ अकालमै मर्छन यहाँ,
सरकारकै चाला देख्दा दिकदार यस्तैछ।

गणतन्त्र भन्छन सम्बिधान लाई पोल्नेले,
सरकारको नागरिक प्रतिकै प्यार यस्तैछ।

ल्यायर संघियता अनि लडछन मन्त्रिहरु,
हुँन्न बिकाश बरु देशनै नाङ्गेझार यस्तैछ।

मन्त्रीहरुको मोल तौल हुन्छ संसद भित्र,
जनता आज कोरोना को बिमार यस्तैछ।

न काम छ न दाम छ लाहुरे पनि छन घरै,
महिङ्गिले गर्दा गरिबहरुलाई भार यस्तैछ।
सूरेशकूमार पान्डे

चर्चामा

सम्बन्धित समाचार