शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • धार्मिक
  • २०७८ साल जेठ १ गते शनिबारकाे राशिफल

२०७८ साल जेठ १ गते शनिबारकाे राशिफल

  • शनिबार, जेष्ठ १, २०७८
२०७८ साल जेठ १ गते शनिबारकाे राशिफल

विसं २०७८ साल जेठ ०१ गते शनिबार । इस्वी सन् २०२१ मे १५ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । वैशाख शुक्लपक्ष । तिथि–तृतीया, ०५ बजेर ३४ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– मृगशिरा, ०६ बजेर ४२ मिनेट उप्रान्त आद्र्रा । योग–धृती, २४ बजेर ३२ मिनेट उप्रान्त शूल । करण– गर, ०५ बजेर ३४ मिनेट उप्रान्त वणिज, १८ बजेर १६ मिनेट उप्रान्त वालव । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–मिथुन ।

काठमाडौँमा सूर्याेदय बिहान ०५ बजेर १७ मिनेटमा, सूर्यास्त बेलुकी ०६ बजेर ४५ मिनेटमा । दिनमान ३३ घडी ३९ पला । .पु. मत्स्येन्द्रनाथ रथयात्रारम्भ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मुद्दा मामिला तथा अदालतबाट हुने फैसला तपाईंकै पक्षमा आउनेछन् भने प्रतिस्पर्धीहरूलार्ई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । विद्यार्थी वर्गहरूले पढाइमा मिहिनेत गरी राम्रो नतिजा ल्याउन सक्नेछन् । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

बृष (इ, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) आफन्त तथा कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ । बोलीको प्रभाव बढ्ने तथा महत्त्वपूर्ण काम आज नै फत्ते गर्नु उचित हुनेछ । पढाइ लेखाइमा राम्रै प्रगति भएर जानेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ । मायाप्रेममा विश्वासको वातावरण बढ्नेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलार्ई किनारा लगाउँदै नतिजा आफूतिर ल्याउन सकिनेछ । मायाप्रेममा सामीप्यता बढेर जानेछ भने घरपरिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । राजनीति तथा समाज सेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेख जनमानसमा लैजान सकिनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) अरूको काममा समय बित्ने तथा अरूको काम गर्न खोज्दा आफ्नो काम थाँती रहनेछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानी गर्दा पनि आम्दानी थोरै हुनेछ । विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सामान्य आँखासम्बन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला । बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) आफन्तजन तथा दाजुभाइबाट प्रशस्त सहयोग पाइनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । विद्यामा तपाईंले गरेको मिहिनेत खेर जानेछैन ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) पढाइ लेखाइमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेत गर्दा महत्त्वपूर्र्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनीति तथा समाज सेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेको छ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । समयले साथ दिने हुनाले अन्य बौद्धिक क्रियाकलापमा पनी ध्यान जानेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) सामाजिक काम गर्न सकिने हुनाले मान मर्यादामा वृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा वहन गर्नुपर्ने समय रहेको छ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा तपाईं अरूभन्दा अब्बल हुनुहुनेछ । सरकारी तथा प्रशासनिक काम समयमा सम्पादन गर्न सकिनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यू) आउने ठाउँबाट रुपैयाँ पैसा नआउनाले बनाएका योजना थाती हुनेछन् । व्यापारमा उधारो लगेर नतिर्नेहरू हाबी हुनेछन् भने आम्दानी नहुनाले दैनिकी प्रभावित हुनेछ । माया प्रेममा तिक्तता आउने तथा दाम्पत्य जीवनमा एकअर्कालाई शङ्काको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । समय र परिस्थितिको राम्रोसँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला, काम बिग्रन सक्छ । तर पनि बैङ्क तथा सेयर बजारको लगानी भने फस्टाएर जानेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ । पढाइलेखाइमा सफलता प्राप्त हुनेछ । माया प्रेममा एकअर्काको भावना बुझ्न सकिने हुँदा एउटै बाटो हिँड्न सकिनेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) सत्रु तथा प्रतिस्पर्धीलार्ई हरेक क्षेत्रमा परास्त गर्दै भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । मायाप्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावली पक्षबाट तपाईंको काममा भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सू, से, सो, दा) सेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ भने खाद्यान्न तथा मेडिकल व्यावसायमा लगानी गरी धनसम्पत्ति कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने आत्मीय मित्रको साथ रहने हुनाले महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपाईंको काममा सहयोग हुने हुँदा मन प्रसन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलब्धिमूलक काम गर्न सकिनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) राजनीतिकर्मी तथा समाजसेवीहरूले जनताको काम गर्न सक्दा मात्र मान, सम्मान, इज्जत, प्रतिष्ठामा वृद्धि भएर जानेछ । खोज तथा अनुसन्धानमा उपलब्धिमूलक नतिजा नआए पनि आगामी दिनमा काम गर्न सहज हुनेछ । आमा सरहका मानिससँग टाढिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्य लाभ लिन सकिनेछ ।

तपाईंको दिन शुभ रहोस् ।

चर्चामा

सम्बन्धित समाचार