बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • कोरोना रोकथामका लागि गाउँ गाँउमा चाेयाकाेटका शिक्षक

कोरोना रोकथामका लागि गाउँ गाँउमा चाेयाकाेटका शिक्षक

  • बिहिबार, बैशाख ३०, २०७८
कोरोना रोकथामका लागि गाउँ गाँउमा चाेयाकाेटका  शिक्षक

बाजुरा — यतिबेला बिश्व कोराना माहामारीको चपेटामा परेको छ । त्यो सगै नेपाल र सुदुर पश्चिमको बाजुरा पनि अछुतो छैन । यसै बिच कोरोना महामारीका बेला शिक्षकहरुको पनि अहम भुमिका हुने गर्दछ । तर धेरै शिक्षकहरुले त्यो अपनत्व नलिएको पाइएको छ ।
जिल्लाको बडिमालिका नगरपालिका वडा न ३ मा रहेको चोयाकोट माबिका शिक्षक धन बहादुर रावल भने शिक्षकले गर्नुपर्ने कार्याका लागि गाउँमै रहेछन। यतिबेला कोरोनाका कारण सबै बिद्यालयहरु बन्द गरिएका छन तर शिक्षक धन बहादुर रावल लगायत उनको बिद्यालयका शिक्षकहरु भने हरेक दिन गाउँमा कोरोना महामारी रोकथामका लागि लागिरहेका देखीन्छन ।

No description available.
त्यो बिद्यालयका सबै शिक्षकहरु एक पछि अर्को गरि गाउँगाउँमा सरसफाई, स्वास्थ्यका कुराहरु अभिभावकलाई सिकाउदै आएको शिक्षक धन बहादुर रावलले बताए । यतिबेला चोयाकोट माबिका सबै शिक्षकहरु टोल टोलमा पुगेर कोरोनाबाट बच्ने सल्लाह सुझाव र रोकथामका साथै बालबालिकाको पठन पाठनको वातावरणका लागिरहेको शिक्षक रावलले बताए ।

No description available.
रावल शिक्षकका नेता पनि हुन उनी नेपाल शिक्षक संगठनका जिल्ला उपाअध्यक्ष पनि हुन तर उनले शिक्षकका नेताहरुका लागि कोरोना महामारीका बेला गरिएको कार्यले राम्रो पाठ सिकाएका छन सोही बिद्यालयका प्राधानाध्यापक गोरख थापाले बताए । शिक्षक रावल शिक्षकहरुको नेता भए पनि उनले बिद्यालय र समाजका लागि प्रशंसनिय कार्य गर्दै आएका प्रअ थापाले बताए ।

No description available.
महामारीका बेला स्वास्थ्य कर्मिले मात्रै लाग्ने र अन्यको भुमिका नहुने भन्ने सोचाईलाई परास्त गर्न चोयाकोटका शिक्षकहरु गाउँ टोलमा लाग्नुपर्ने शिक्षकहरुले बताएका छन । यो समय सबैको भुमिका बराबरी रहेको शिक्षकहरुले बताए ।

चर्चामा

सम्बन्धित समाचार