बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • जिल्ला अस्पतालमा भौतिक संरचना र जनशक्ति नहुँदा पिसिआर मेशीन जडानमा ढिलाई

जिल्ला अस्पतालमा भौतिक संरचना र जनशक्ति नहुँदा पिसिआर मेशीन जडानमा ढिलाई

  • बुधबार, बैशाख २९, २०७८
जिल्ला अस्पतालमा भौतिक संरचना र जनशक्ति नहुँदा पिसिआर मेशीन जडानमा ढिलाई

बाजुरा — बाजुरा जिल्लाका लागि सांसद लाल बहादुर थापाको पहलमा पिसिआर मेशीन बुझेको करिव १० दिन बितिसक्दा पनि बाजुरा पुगेको छैन । सुदुरपश्चिमको बिकट जिल्लामा सांसद थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग समन्वय गरि जिल्लाका लागि एक थान रियल टाईम पिसिआर मेशीन बैसाख १९ गते बुझेका हुन ।
जिल्ला अस्पताल बाजुरामा राख्ने भनिएको पिसिआर मेशीनका लागि आबस्यक भौतिक ब्यबस्थापन गर्न लागेको जिल्ला अस्पताल बाजुराका अध्यक्ष भरत थापाले बताएका छन । उनले भने मेशीन मात्रै ल्याएर नहुँने र त्यसका लागि छुट्टै ल्याव र जनशक्तिको समेत आबस्यक पर्ने बताए । आफुले सो ब्यबस्थापनका लागि कोभिड १९ संकट ब्यबस्थापन समिति बाजुराबाट निणर्य गरि प्रदेश मन्त्रालयमा पठाएको बताएका छन । थापाको भनाई अनुसार पिसिआर मेशीनका लागि थप १ करोड बजेट आबस्यक हुने र अस्पतालको त्यो क्षेमता नपुग्ने बताएका छन ।
यता सासंद लाल बहादुर थापाले पीसिआर मेसिन जुनसुकै समयमा पनि पठाउन सकीने बताए । मेसिन संचालनको जनशक्ती लगायत भौतिक ब्यबस्थापनको लागि प्रदेश सचिव, सभामुखसंग समन्वय भईरहेको तर त्यसको बारेमा प्रमुख जिल्ला अधिकारीलाई प्रदेश मन्त्रालयमा पत्राचार गर्न समेत लगाएको सासंद थापाले बताए । जिल्लामा भौतिक संरचना पनि नबनि सकेको र लकडाउनमा गाडी नचल्ने भएका कारण मेशीन पठाउनमा ढिलाई भएकोले भौतिक संरचना बन्ने बितिकै मेसिन पठाउने सास्ांद थापाले बताए ।
पीसिआर मेसिन जिल्लामै जडान हुनु खुशीको कुरा हो । पीसिआर मेसिन सहितका अन्य स्वास्थ्य सामग्रीहरु बुझिसकेको छु जडान पछिको स्वास्थ्यकर्मी ब्यबस्थापनको पहलको लागि ब्यबस्थापनमा जुटेका साँसद थापाले बताए ।
पीसिआर मेसिन जडान भए पछि कोरोना परिक्षण जिल्ला बाटै हुने भएपछि स्थानिय खुशी भएका थिए । तर लामो समय बित्ता पनि मेशीन नआएकोमा बाजुराबासी निराश भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार