शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्वार्ता
  • सामाजिक राजनीति विषयमा गरिएकाे कुराकानी

सामाजिक राजनीति विषयमा गरिएकाे कुराकानी

  • बुधबार, बैशाख २९, २०७८
सामाजिक राजनीति विषयमा गरिएकाे कुराकानी

प्युठान जिल्ला सारी गाविस साविक स्वर्गद्वारि नगरपालिका वडा नम्बर ५ निवासि बुवा जुठे बुढाथोकी र आमा जैकलादेवि बुढाथोकी काे काेखबाट २०१६ साल भदौ ५ गते जन्मनु भएको रिखेन्द्र बिसि निम्न किसान वर्गबाट आउनु भएको र आफ्नो बाल्यपनदेखि पारिवारिक अवस्था गरिबिका कारण उहाँको शिक्षा क्षेत्रमा भने पढाइ ५ कलासमात्र पास गर्नु भएको छ।

आफ्नो १३ वर्षको उमेरमा बुवाकाे देहावसान पछि पढाइमा अवरुद्घ आई पढ्न नसकेको बताउनु हुन्छ, चलअचल सम्पति धान्न र जिम्मेवारी लिनकाे लागि १६ वर्षको उमेरमा आफ्नो बिवाह भएको बताउनु हुने बिसि, ब्यवहारिक पक्ष र घरकाे अवस्था दयनीय भएको कारण १७ वर्षको उमेरमा प्रवाशिन बाद्दय भएको बताउनु हुन्छ।

१९७८ मन्द्रास(चेन्नइ) आई पुग्नु भएको रिखेन्द्र बिसि २ वर्षपछि तात्कालिन पन्चायत कालिन गाउँका प्रधानपन्चले आफ्नो श्रिमति(परिवार)लाई अनैतिक ब्यवहार गरेर मन्द्रास(चेन्नई) गाउँबाट पठाईएकाे बताउनु हुन्छ। परिवारलाई सुरक्षित चेकजाँच गर्दा गर्भ रहेको प्रमाणिकरणपछि मन्द्रासमा रहेका अधिकतम ५०० नेपाली नागरिक र आफन्तजन सहितहरुकाे राेहवरमा बृहत छलफल हुदा जसले श्रीमती लिएर मन्द्रास आएका थिए ती पक्षहरूले ” तैले जिम्मेवारी लिनु पर्दछ ” दमन गरेर भनेपछि आफू नै गाउँ फर्केर तात्कालिक गाउँ पन्चायतमा श्रिमति जिम्मा लगाइएको बताउनु हुन्छ। त्यसपछि पढाइ तर्फ द्दयान आकर्षण भएको बताउनु हुने बि सि, आफुले जीवन धान्ने नाेकरि गर्दै प्युठान जिल्ला रातामाटाका गाेबिन्द प्रसाद शर्मा शिक्षकसँग पठनपाठनमा आफ्नो पढाइलाई निरन्तर दिएको बताउने हुने रिखेन्द्र बिसिले शिक्षक गाेबिन्द प्रसाद शर्मा द्वारा नै तात्कालिक अखिल भारत नेपाली एकता समाजकाे सदस्यता बनेकाे बताउनु हुन्छ। पढाइलाई निरन्तर दिदै जाने क्रममा १९८३ सालमा भारतकाे बनारसबाट शिक्षा क्षेत्रमा १० कलास पास गर्नु भएका मुल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत काेचिन नगरका वरिष्ठ नगर सदस्य कामरेड रिखेन्द्र बिसि सँग हाम्रो जम्का भेट भयाे यसै सन्दर्भमा उहाँको जिवनि र सामाजिक राजनीति विषयमा भएको छाेटाे भलाकुसारिकाे सेराेफेराे – रिपोर्टर जनक बि.सि ।
(१) तपाईं तात्कालिक एकता समाज मुल प्रवाह अखिल भारत नेपाली एकता समाजमा कहिले प्रवेश गर्नु भयाे र संगठनमा आबद्ध हुन कसले प्रभावित गरेकाे थियो?
म तात्कालिक अखिल भारत नेपाली एकता समाज तथा मुल प्रवाह अखिल भारत नेपाली एकता समाजमा १९८१ डिसेम्बरमा संगठनको साधारण सदस्यता लिएर संगठनमा प्रवेश गरेको थिए, संगठनको नीति तथा कार्यक्रमबाट प्रभावित भई मेराे निजि शिक्षक गाेबिन्द शर्मा(प्युठान ) र शालिकराम शर्मा (प्युठान ) बाट प्रभावित बने र संगठनमा आबद्ध भएको थिए ।

(२) संगठनको जिम्मेवारीलाई कसरी बहन गरि रहनु भएको छ ?
समाजमा जबसम्म अन्याय अत्याचार शाेषण दमन भई रहन्छ त्यती बेलासम्म हामी जनताको बिचमा गएर न्यायप्रेमि जनताका समस्याहरुलाई संम्बाेधन गरेर सशक्त संगठित शक्ति निर्माण गरि अघि बढनु पर्दछ। वर्गीय उत्पिडनका बिरुद्ध उत्पिडित वर्गहरुलाई वा जन समुहदायहरुलाई संगठित गर्दै अगाडि बढने क्रममा संगठनको जिम्मेवारीलाई पहिलो प्राथमिक दिएर अगाडि बढि रहेको छु ।

(३) तपाईंको राजनीति यात्रामा परिवारकाे सहयोग कस्तो रर्‍याे ? केही स्मरणिय पक्षहरु छन कि ?
जहाँसम्म कुरा गर्नु पर्दा मेराे ब्यक्तिगत पारिवारिक क्षेत्रमा आफू नै गरिबीका कारण आफ्नो देश छाेडेर अर्काकाे देशमा रहन बिवस हुनु पर्‍यो र परिवारहरुकाे ईज्जतमाथि इतिहासमा पटकपटक बदमास हुनेखाने हाै भन्ने याैन पिपासुहरुले इजतमाथि हमला गरिरहे र पारिवारिक बदनाम गरि दिई रहदा घरको स्थिति र स्वामित्वहरु बिघटन भइरहेको इतिहास मात्र म सँग छ र अन्त्यमा अहिले जीवन संगिनिबाट आन्दोलनका हरेक चरण,सामाजिक र राजनीति संगठनका हरेक क्षेत्रमा घाेषित अघाेषित सहयोग सन्तोषजनक छ ।

(४) राजनीति यात्राको दाैरान कस्तो खाँले अफ्ठयाराे परिस्थिति र दमनहरु बेहोर्नु पर्‍यो ?
२०४८ सालमा गाउँमा किसान वर्गहरुकाे उत्थान र न्यायकाे खातिर गाउँमा शाेषक वर्गहरुले कुलानाला,बाटा,घाटाहरु स्वईच्छाले किसानहरुलाई एकतर्फी दमन गरेर काम लगाउने गर्दथे।त्यसका बिरुद्ध जमिनकाे मुआब्जालाई राेपनि सिस्टमबाट वर्गीकरण गरेर समाननताकाे आधारमा कार्यन्वयन गर्नु पर्दछ प्रस्ताव हामिले सार्वजनिक बैठकमा बहस र छलफलमा लिएर छलफल चलिरहेको थियाे, हामीलाई शाेषक वर्गका बदमास लठैतहरुले लाठीचार्ज गर्नुका साथै एकहदमा दमन गरे त्यसका बावजुद पनि जनताको जन बलकाे आधारमा शाषक वर्गहरुलाई घुडा टेकाई जनहितकाे पक्षमा बिजय हासिल गरेका थियोे भने अर्कोतिर २०५२ सालमा “कथित” जनयुद्धको नाममा माओवादीहरु द्वारा श्रमजीवी किसान वर्ग र जनताहरु माथिकाे हिन्सात्मक दमनहरु हुदै आए त्यसका बिरुद्ध पार्टी र संगठनको निर्देशन अनुरुप हामिले जीवन मरणकाे संघर्ष गरेकाे इतिहास छ ” माओवादीहरु हाेसमा आउ , गरिब जनता नसताउ , जङ्गलि अदालत खारेज गर ! ” आन्दोलनमा २०६१ साल चैत्र १५ गतेका दिन प्युठानकाे माडी क्षेत्रमा माओवादीहरुले राेल्पामा बाटो खन्न जाने बिभसपुर्ण बाद्दयता पारेपछि हजारौं हजार जन समुहदायहरुलाई दमनको बिरुद्ध न्यायकाे हित र पक्षमा माडी क्षेत्रलाई आन्दोलनमय बनाउदै रास्ट्रियता संकटमा परेको उदघाेसका साथ संघर्ष गर्‍यौं तथापि तात्कालिन जनमाेर्चा नेपाल माडी यरियाका बरिस्ठ सदस्य कमरेड रिखेन्द्र बि सि र अखिल नेपाल युवक संघ प्युठान जिल्ला सदस्य जनमाेर्चा नेपाल सारी गाउँ समिति अध्यक्ष तथा ब्रहास्थान सामुदायिक बन समितिका अध्यक्ष जनक बिसि माथि माओवादीहरु द्वारा एसएलआर गनहरु देखाउदै खुकुरी लाठीले मरणासन्न कुटपिट गरि घाइते हुनु भएको थियाे, शाेषक वर्गहरु र मित्र भनिने शक्तिहरुबाट यसखाँले हिन्सात्मक दमनहरुले हामिलाई दमन गरेर हार हाेईन इतिहासमा राजनीति यात्राको दाैरान बिजय गरेका गरिरहेका छाै ।
(५) वर्तमान अनुभवकाे आधारमा तपाईंलाई के लागि रहेको छ ? बिद्यमान नीति कार्यक्रम र ऐन नियम बमोजिम जनपक्षीय काम गर्नु सम्भव छ त ?

 अहिलेसम्मकाे अनुभवकाे आधारमा बर्तमान नीति कार्यक्रम र ऐन नियमकाे आधारमा सम्पुर्ण रुपमा जनपक्षीय काम गर्नु सम्भव छैन भन्ने मलाई लागि रहेकाे छ किनकि बर्तमान सरकारले जनताका हकहितकाे निमित्त निती नियम र ऐन कानुन निर्माण गरेको छैन जब ऐन नियम कानुन र नीति जनपक्षीय छैन भने त्यसमाथि टिकेर जनपक्षीय काम गर्न सम्भव रहदैन। जनताका प्राथमिक भित्र पर्ने समस्या के हुन ? खास गरि बिपन्न वर्ग र पिछडिएका जनताका समस्याहरु के हुन ? उनिहरुमाथि हुने सबैखाँलकाे शाेषण दमन र उत्पिडनलाई समाप्त गर्न जुनखाँले निति निर्माण गर्नुपर्ने हाे त्यो हुन सकिरहेको छैन त्यसका लागि बेग्लै देशमा राज्य क्रान्तिकाे आवश्यकता छ ।

(६) राजनीति जीवन यात्रामा सबैभन्दा दु:खकाे दिन कुन दिनलाई स्मरण गर्नु हुन्छ ?

# राजनीतिमा याे सिङ्गो जिवनलाई यापन गरेर अगाडि बढने क्रममा दु:खका क्षणहरु त्यहा हुदैनन् किनभने राजनीति संघर्षकाे मार्गहरु र सुरुङैसुरुङकाे एक खानि हाे त्यहा सुखैसुख मात्र छ संघर्ष नै जीवन हाे जहाँ संघर्ष हुदैन त्यहा जीवन कै अन्त्य हुन्छ। जहाँसम्म दु:खका क्षेणका कुरा हुन २०६१ सालमा माओवादीहरु द्वारा कुटपिटबाट घाइते पछि दुई मैना उपचार गरेर घरमा सेल्टर लिएर बस्ने क्रममा अखिल नेपाल युवक संघका नाै जवान दस्ताहरुले दिनरातमा माओवादीहरुकाे आक्रमण र हमलाबाट बचाउन टाढाबाट आएर विशेष गरि रातकाे समयमा हामी घाइते साथिहरुकाे घरमा घरको चारवटै सुर खाेल्साखाल्सि बसेर सुरक्षा दिने काम गरेर जुन ऐतिहासिक भुमिका निर्बाह गरेका थिए जसलाई थाेरै दु:खकाे क्षणमा सम्झन्छु ।

(७) दक्षिण भारतमा मुल प्रवाह अखिल भारत नेपाली एकता समाज भित्र गुटबन्दी र अराजकहरुलाई संगठनले कारबाही गरेको छ तर उनिहरु अराजक रुपमा देखा परे उनिहरुलाई संगठनले कुन प्रकारकाे भुमिका निर्बाह गर्ला ?

जसरी पुँजिपति वर्गहरुले आफ्नो शाषन ब्यवस्था टिकाउन प्रतिक्रियाबादि यन्त्रकाे सहारा लिने र विभिन्न प्रकारका सिआइडि बिभाग निर्माण गरेकाे हुन्छ तर उसलाई आच आउने खालका गतिविधि त्यहा हुन थाले भने तुरुन्त कारबाही र त्यहाबाट निस्कासन गर्ने गर्दछ भने याे त गरिब किसान वर्गहरुलाई मुक्तिकाे मार्ग प्रसस्त गर्ने सर्वहारा सुकुम्बासीहरुलाई एउटा सत्यकाे बाटो देखाउने संगठन हाे यसले आफ्नो उदेश्य अनुरुप संगठनको निति नियम र अनुशासनलाई फलामे रुपमा लागू गरेको हुन्छ तथापि संगठन बिपरित गलत गतिविधि हुन्छ भने याे कारबाही हुनु स्वभाविक पक्ष हाे र अन्त्यमा उनिहरुलाई संगठनले परास्त गर्नुकाे बिकल्प छैन ।

(८) मुल प्रवाह अखिल भारत नेपाली एकता समाज बिसुद्द सामाजिक संगठन हाे संगठनको भाईचारा सम्बन्ध रास्ट्रिय जनमाेर्चासँग रहेकाे हुनाले देशकाे राजनीतिलाई कसरी नियालेर हेरि रहनु भएको छ ?

देशकाे वर्तमान राजनीति परिस्थिति जटिल प्रकारकाे छ । गणतन्त्र रास्ट्रियता र धर्मनिरपेक्षता धरापमा परेका छन । संघियताकाे नाममा बिदेशी साम्राज्यवादिहरुकाे चलखेल तिब्ररुपमा बढेर गएको छ जनताका जल्दाबल्दा समस्याहरु धरापमा परेका छन यसका बिरुद्ध राजमाेले चलाउने आन्दोलनमा हाम्रो एक्यबद्दता रहने छ ।

(९) अन्त्यमा केही भन्नू छ कि ?

 २६ डिसेम्बर १९९९ चिनकाे बुहानबाट फैलिएको नयाँ जैविक काभिड १९ काेराेना भाईरसले विश्व मानचित्र आक्रान्त छ र सरकार जनताकाे भइपरिरहेका दु: ख बिमारिबाट रमिते बनेकाे छ सरकारलाई अबको बिकल्प सत्ता र कुर्चिकाे लडाइँमा हाेईन जनताका समस्यामाथि खेलवाड नगराेस दबाव सिर्जना गर्न जरुरी छ भने हामी यस्तो संगिन घडीमा सामाजिक दुरिलाई यथासम्भव कायम गर्दै सम्पुर्ण जनसमुहदायहरुलाई सचेत रहन आग्रह गर्दछाै ।

(सामाजिक राजनीति विषयमा भएको छाेटाे भलाकुसारिकाे सेराेफेराे  जनक बि.सिसंगकाे कुराकानीमा अाधारित )

चर्चामा

सम्बन्धित समाचार