सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • कला /साहित्य
  • मानिश मरेर जान्छ बिचार मर्दैन

मानिश मरेर जान्छ बिचार मर्दैन

  • मङ्लबार, बैशाख २८, २०७८
मानिश मरेर जान्छ बिचार मर्दैन

मानिश मरेर जान्छ बिचार मर्दैन,
उनिहरु ले गरेको ब्यबहार मर्दैन।

ढल्छ सरिर माटो बन्छन धर्ति मा,
उन्ले गरेको यो न्यानु प्यार मर्दैन।

देशभक्त अम्मर हुँन्छ दुनियाभित्र,
उनिहरु ले छाडेको संसार मर्दैन।

त्यो ढलेपनि क्रान्तिकारी जुझारु,
प्रेणाको श्रोतबन्छ औतार मर्दैन।

हो छाडेर जान्छन भौतिकीहरुले,
देशभक्तिको लागि आधार मर्दैन।

रातो शलामछ निर्मल लामा लाई,
त्यो हामिमाथि तिम्रो दुलार मर्दैन।

नत मस्तकछौँ हामि तिम्रो सामुमा,
हाम्रो माझमा तिम्रो सत्कार मर्दैन।

चर्चामा

सम्बन्धित समाचार