आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • समाचार
  • रौतहटमा थप एक कोरोना संक्रमितको मृत्यु

रौतहटमा थप एक कोरोना संक्रमितको मृत्यु

  • सोमवार, बैशाख २७, २०७८
रौतहटमा थप एक कोरोना संक्रमितको मृत्यु

रौतहटको कटहरियास्थित प्राथमिक स्वास्थ केन्द्रमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
कटहरिया नगरपालिका २ हंथियाही गाउँका संक्रमित ५० बर्षिय पुरुषको उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको हो ।
पछिल्लो चार पाँच दिनदेखि ज्वरो रुघाखोकी लागेका उनको गाउँघरमै उपचार चलिरहेको थियो ।

आइतबार साँझ स्वासप्रश्वासमा समस्या आएपछि थप उपचारको लागि उनलाई प्राथमिक स्वास्थ केन्द्र कटहरिया लगिएको थियो ।
उपचारमा संलग्न एकजना स्वास्थकर्मी अहेव बिनोद गुप्ताले अक्सिजनको मात्रा एकदम न्यून भएकाले श्वास फेर्न समेत गाह्रो भैरहेका उनलाई उपचार चल्दै गर्दा मृत्यु भएको बताए ।

मृतक पुरुषको लक्षण कोरोनासँग मिल्दो रहेकाले आरटी पिसिआर जाँचको लागि उनीसँगै तीनजनाको स्वाब संकलन गरि जिल्ला अस्पताल गौर पठाईएको थियो । जाँचमा मृतक र उनको श्रीमती समेतको रिपोर्ट पोजेटिभ र छोरीको नेगेटिभ आएको अहेव गुप्ताले जानकारी दिए ।

मृतकको शव प्रहरीको सहयोगमा गएराति नै दाहसंस्कार गरिएको कटहरिया नगरपालिकाले जनाएको छ ।
कोरोनाको दोस्रो भेरिएन्टले रौतहटमा दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गएको छ । आइतबार सांझसम्म जिल्लामा संक्रमितको संख्या ४२० पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार