शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • माधव नेपालसँगको भेटेपछि नेम्वाङ​ले भने, ‘उहाँलाई पनि राजीनामाबारे थाहा भएजस्तो लागेन !’

माधव नेपालसँगको भेटेपछि नेम्वाङ​ले भने, ‘उहाँलाई पनि राजीनामाबारे थाहा भएजस्तो लागेन !’

  • सोमवार, बैशाख २७, २०७८
माधव नेपालसँगको भेटेपछि नेम्वाङ​ले भने, ‘उहाँलाई पनि राजीनामाबारे थाहा भएजस्तो लागेन !’

सांसदहरुको सामुहिक राजीनामा रोक्नेबारे एमालेका दुई पक्षका तीन नेताबीच भएको छलफल बिनानिष्कर्ष सकिएको छ । सिंहदरबारमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेलबीच छलफल भएको हो ।

नेता नेपालसँग झण्डै आधा घण्टा छलफल गरेर पौडेल र नेम्वाङ बाहिरिएका छन् भने नेता नोपालले आफू पक्षीय सांसदहरुसँग छलफल सुरु गरेका छन् । नेता नेपालसँग छलफलपछि नेम्वाङले खुलस्त कुराकानी भएको बताए । ‘पार्टी अध्यक्षको चिन्ता र सरोकारका कुरा, सम्पूर्ण पार्टीका सरोकारका कुरा राख्यौ । उहाँले पनि खुलस्त सुनाउनुभयो । हामी ति कुरा प्रधानमन्त्री तथा पार्टी अध्यक्षसमक्ष पुर्याउँछौँ,’ नेम्वाङले सञ्चारकर्मीसँग भने, ‘मिलेर जानुपर्छ भन्नेमा विवाद छैन, तर कसरी टुंगोमा पुर्याउने भन्ने हामी सबैको चिन्ता हो । यही सन्दर्भमा छलफल गरेर टुंगोमा पुर्याउन फेरि पनि भेटघाट गर्ने कुराकानी भएको छ ।’

उनले बेलुका वा भोलि बिहानसम्म कुराकानी हुनसक्ने बताए । सांसदहरुको सामुहिक राजीनामाबारे आफुले नेता नेपालसँग पनि प्रसंग उठाएपनि उहाँले त्यसबारे थाहा पाए जस्तो नगरेको बताए । ‘जहाँसम्म राजीनामा को कुरा छ त्यो चर्चा हो । हामीले भेटमा यो प्रसंग उठाएका थियौ, तर उहाँले पनि थाहा पाएजस्तो गर्नुभएन’, नेम्वाङको जवाफ थियो ।

चर्चामा

सम्बन्धित समाचार