शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • कोरोनाबाट बच्ने एकै उपाय सरसफाई मात्र हो स्वास्थ्य संयोजक : खड्का ( भिडियाे सहित )

कोरोनाबाट बच्ने एकै उपाय सरसफाई मात्र हो स्वास्थ्य संयोजक : खड्का ( भिडियाे सहित )

  • आइतवार, बैशाख २६, २०७८
कोरोनाबाट बच्ने एकै उपाय सरसफाई मात्र हो स्वास्थ्य संयोजक : खड्का  ( भिडियाे सहित )

बाजुरा — बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्न सरसफाई र स्वास्थ्य मापदण्ड बाहेक अरु उपाय नभएको बडिमालिका नगरपालिकाका स्वास्थ्य संयोजक टेक बहादुर खड्काले बताएका छन । बडिमालिका खवरको कोरोना कहरमा हाम्रो अभियान कार्यक्रम मार्फत स्वास्थ्य संयोजक खड्काले यस्तो बताएका हुन ।
यति बेला कोभिट १९ बाट बिश्व संगै नेपाल पनी अछुतो नरहेको अबस्थामा बाजुरा र बडिमालिका नगरपालिका पनि त्यसको भागिदार बनेको छ उनेले भने । नगरबासी नागरिकहरुले स्वास्थ्यका नियम पालन सामाजिक दुरी कायम गर्नुपर्ने खानपिनमा ध्यान दिनुपर्ने बताएका छन ।
जिवन रहयो भने कामहरु पछि पनी गर्न मिल्ने भएकोले सबै भन्दा पहिला आफ्नो ज्यानको सुरक्षा गर्न नगरबासीलाई स्वास्थ्य संयोजक खड्काले आग्रह गरेका छन । अहिलेको बिषम प्रस्थितीमा बाहिर जाने अनाआबस्यक भिडभाड नगर्ने सरसफाईमा बढि ध्यान दिन सकेमा कोरेना भाईरसबाट बच्न सकिने बताए ।
कोरोना भाईरसको अहिले सम्म कुनै औषधी नभएको र यसबाट बच्ने एउटै उपाय सरसफाई र खानपान नै पहिलो उपचार रहेकोले यस बिषयमा सबैले सचेत हुन जरुरी रहेको बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार