शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकामा रहेको एम्बुलेन्श हस्तान्तरण भएको ५ बर्ष सम्म अलपत्र

बडिमालिका नगरपालिकामा रहेको एम्बुलेन्श हस्तान्तरण भएको ५ बर्ष सम्म अलपत्र

  • आइतवार, बैशाख २६, २०७८
बडिमालिका नगरपालिकामा रहेको एम्बुलेन्श हस्तान्तरण भएको ५ बर्ष सम्म अलपत्र
फाइल फाेटाे

बाजुरा–बडिमालिका नगरपालिका २ जुगाडा स्वास्थ्य चौकीका नाममा रहेको बिरामी बोक्ने एमबुलेन्स ५ बर्ष देखी अलपत्र परेको छ । भारतीय राजदुताबासले जुगाडा स्वास्थ्य चौकीलाई पाँच बर्ष पहिला भारतीय गणतन्त्र दिवसको अवसर पारी सहयोग गरेको एम्बुलेन्स हस्तान्तरण देखी नै अलपत्र अबस्थामा रहेको छ ।
जुगाडा स्वास्थ्य चौकीमा पुगेको पाँच बर्ष भयो, तर आठ देखी दश पटक मात्र बिरामी बोकेको थियो, तर ब्यबस्थापन पक्षको कमजोरीका कारण अलपत्र रहेको पाईएको छ । जुुगाडा स्वास्थ्य चौकीले सञ्चालन गर्न नसकेको भन्दै बडिमालिका नगरपालिकाले डेढ बर्ष पहिला सञ्चालन गर्ने गरि लिएको थियो । नगरपालिकाले पनि बिग्रेको भन्दै अलपत्र अबस्था पारेको पाईएको छ ।
नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्का भने एम्बुलेन्स कता छ कुनै जानकारी नभएको वताउँछन् । बिग्रेको भन्दा सुनेका छौ, तर कहाँ छ कुनै जानकारी नभएको खडकाले बडिमालिका खबरलाई बताएका छन् । नगरपालिका प्रमुख प्रशासकिय अधिकृत धुुब्र प्रसाद कोइरालाले भने आफु नआउदै धनगढी ग्यारेजमा रहेको सुन्नमा आएको हो । एम्बुलेन्स नबन्निे खबर पाएको छ, एम्बुलेन्स नबन्निे भएपछि लिलाम प्रक्रियामा जाने उनले वताए ।
जुुगाडा स्वास्थ्य चौकीले सञ्चालन गर्दा गोपाल कार्कीको अध्यक्षतामा एमबुलेन्स संचालन समिति रहेको थियो । लगातार दुुइ बर्ष बडिमालिका नगरपालिकाले २ लाख का दरले बजेट छुट्याएको थियो वडा नम्बर २ का अध्यक्ष डम्मर महत्तले बताए । तर स्वास्थ्य चौकीले सञ्चालन गर्न नसक्दा अलपत्र रहेको भन्दै नगरपालिकाले लिएको थियो, अहिले पनि नगरपालिकाले अलपत्र पारेको छ ।
एम्बुलेन्श सञ्चालनमा नआउदा बिरामीहरुलाई महँगो भाडा तिरेर जिल्ला बाहिर र सदरमुकाम मार्तडीमा रहेको अस्पतालमा उपचार गर्न बाध्य भएका छन् । एम्बुलेन्श ल्याएको भनेर खुशी भएका थियौ, तर सधै मार्तडीमा अलपत्र अबस्थामा मात्र देख्छौ, एम्बुलेन्श ल्याउनु अर्थ कुनै नभएको एक स्थानियले वताए । तर कारोनाको महामारी सदरमुकाम मार्तडी एम्बुलेन्स नहुँदा बिरामी बोक्न निकै समस्या भएको छ । निजि गाडिमा कोरोनाका बिरामी बोक्नु पर्ने बाध्यता रहेको स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार