बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • कोरानाका कारण बडिमालिका नगरपालिका ९ का वडाअध्यक्ष बिककाे निधन

कोरानाका कारण बडिमालिका नगरपालिका ९ का वडाअध्यक्ष बिककाे निधन

  • शनिबार, बैशाख २५, २०७८
कोरानाका कारण बडिमालिका नगरपालिका ९ का वडाअध्यक्ष बिककाे निधन

बाजुरा — बडिमालिका नगरपालिका वडा न ९ का वडा अध्यक्ष बिनोद कुमार बिकको कोरोना संक्रमणबाट निधन भएको छ । बिकलाई शनिबार जिल्ला अस्पतालमा उपचार हुन नसक्ने भएपछि डडेलधुरा रिफर गरिएको थियो ।  अध्यक्ष बिकलाई कोरोना देखीएको र जिल्लामा उपचार सम्भव नभएपछि डडेलधुरा गरेको र बिचबाटामै निधन भएको श्रोतले जनाएको छ ।

मृतक वडा अध्यक्ष बिककाे शव  बिचबाटाेबाट फर्काइसकेकाे जनाएकाे छ । पारीवारीक श्राेतका अनुसार अध्यक्ष बिकलाइ एक हप्ता अगाडीदेखी बिरामी भएका र शनिबार बिहान उनकाे काेराेना पाेजेटिभ देखीएकाे थियाे । थप उपचारका लागि डडेलधुरा लैजादै गर्दा अछामकाे साफेबगरमा उनकाे मृत्यु भएकाे पारिवारीक श्राेतले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार