बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • प्रदेश सरकारबाट बाजुरा लगायत सदुर पश्चिमका ६ जिल्ला अस्पताललाई ८० लाख प्रदान

प्रदेश सरकारबाट बाजुरा लगायत सदुर पश्चिमका ६ जिल्ला अस्पताललाई ८० लाख प्रदान

  • शनिबार, बैशाख २५, २०७८
प्रदेश सरकारबाट बाजुरा लगायत सदुर पश्चिमका ६ जिल्ला अस्पताललाई ८० लाख प्रदान

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा रहेका ६ जिल्ला अस्पताललाई ८० लाखका दरले रकम प्रदान गरेको छ । पहाडी जिल्ला डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, र दार्चुला गरी प्रतिअस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्नका लागि ८०/८० लाख रकम प्रदान गरेको हो ।

प्रदेशका ६ जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याउन उक्त रकम प्रदान गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयले उक्त रकम जिल्ला अस्पतालमा पठाइएको अान्तरिक मामिला तथा कानुन मन्त्रालयकाे सचिवालयले जानकारी दिएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला सङ्क्रमितको उपचारमा सहजता ल्याउन रकम वितरण गरिएको जनाइएको छ ।

साे रकमबाट केही अस्पतालले अक्सिजन उत्पादन गर्ने मेशिन खरीदको प्रक्रिया अघि बढाइसकेको सामाजिका बिकाश मन्त्रालयले बताएकाे छ । सुदूरपश्चिममा दैनिक ५०० अक्सिजन सिलिन्डर आवश्यक परेकामा ३०० सिलिन्डर मात्रै उपलब्ध भइरहेको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार