शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • दर्शनले कतै क्रान्ति कतै धन मान गरायो

दर्शनले कतै क्रान्ति कतै धन मान गरायो

  • बुधबार, बैशाख २२, २०७८
दर्शनले कतै क्रान्ति कतै धन मान गरायो

दर्शनले कतै क्रान्ति कतै धन मान गरायो,
जे भयपनि धेरैका समस्या निदान गरायो।

मार्क्सले नभनेका होईनन् पुँजिवाद रोगी,
कोई दानीभए कसैलाई त सैतान गरायो।

रुस चीन भियतनाम त कस्ता कस्ता थिए,
अमेरीकाले कतै पेरु कतै अफगान गरायो।

हेर त मार्क्सवादलाई मागेर खाने भाडो झैँ,
हाम्रै देशमा धेरै थोरै प्रोपटी उखान गरायो।

धर्मलाई भनेकै हुँन अफिमको नसा जस्तो,
रुढीवादले मानिशलाई पनि वेजान गरायो।

भन्न त भन्छन समाजवाद अनमुख जान्छौँ,
जनताले सात दशकभित्र सम्बिधान गरायो।

सेते ले भोगि रहेकोछ रातो झण्डाको सत्ता,
मौका प्रस्तले लिलामी बेच्ने दोकान गरायो।

चर्चामा

सम्बन्धित समाचार