बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बडिमालिका
  • मास्क खै ? अभियान चलाउदै नेपाल रेडक्रस बाजुरा

मास्क खै ? अभियान चलाउदै नेपाल रेडक्रस बाजुरा

  • सोमवार, बैशाख २०, २०७८
मास्क खै ? अभियान चलाउदै नेपाल रेडक्रस बाजुरा

बाजुरा —  विश्वभरी महामारीका रुपमा फैलिरहेको कोराना भाइरस अर्थात् कोभिड-१९ न्युनिकरणका नेपाल रेडक्रस सोसाईटी बाजुरा मास्क खै अभियान संचालन गरेको छ । विश्वमा फैलिरहेको कोराना महामारीको न्युनिकरण गर्नका लागि रेडक्रस बाजुराले जनचेतना सहित मास्क खै अभियान संचालन गरेको नेपाल रेडक्रस सोसाइटी बाजुराका कर्मचारी अर्जुन थापाले बताए ।
नेपाल रेडक्रस सोसाइटी बाजुराले सोमबार सुरक्षा सर्तकता सहित अभियान संंचालन गरी कोरोनाको सचेतना फैलाउनका लागि बसपार्कमा रोकेका गाडीका ड्राइभरहरुलाई मास्क बितरण गाडीको अगाडी र पछाडी मास्क खै लेखेका स्टिकर राख्नुका साथै माइकिङ्ग, कोरोना फैलिन नदिन अपनाउनु पर्ने उपायका बारेमा बजार र्याली गरेको रेडक्रस बाजुराका कर्मचारी अर्जुन थापाले बताए ।
नेपाल रेडक्रस सोसाइटी बाजुराले सोमबार सदरमुकाम मार्तडीको तुफान डाँडाबाट सो सचेतना अभियान सुरु गरी बजार परिक्रमा गरी लोकतान्त्रिक चोक हुँदै खुलामञ्च लगायतका स्थानमा मास्क नलागाएका व्यक्तीलाई मास्क वितरण सहित भारत लगायत जिल्ला बाहिरबाट व्यक्तीलाई अनिवार्य सुरक्षित आवासमा बस्न, कोरोना संक्रमण भएका व्यक्तीलाई अनिवार्य होम आइशोलेशनमा बस्न पनि सचेतना दिदै आग्रह गरेको नेपाल रेडक्रस सोसाइटी बाजुराका सभापती रम बहादुर शाहीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार