बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कला /साहित्य
  • निडर पत्रकार भएपछि

निडर पत्रकार भएपछि

  • सोमवार, बैशाख २०, २०७८
निडर पत्रकार भएपछि

नागरिकहरुनै यो देशका हकदार भयपछि,
देश बलियो हुन्छ आपसमा प्यार भयपछि।

किन राख्छौ संघियता टुक्र-टुक्रा पारी देश,
फ्याँकौ त्यो देशको लागि बेकार भयपछि।

दुश्मनले भेध पाउँछन तिम्रो हाम्रो बिचको,
एउटै शन्तानभित्र सदै मारा-मार भयपछि।

बिगतमा पत्रकार पिटिका थिए देखेकै हौँ,
भ्रष्टचारको पोलखोल्ने अखबार भयपछि।

देश कहिलैई उभो लाग्ने छैन साथि हाम्रो
प्रत्येक क्षेत्रमा सदैभरी भ्रष्टचार भयपछि।

अंधकार चिर्न त एउटा दियो भए पुगथ्यो,
भ्रष्टचारी डराउँछ निडर पत्रकार भयपछि।

चर्चामा

सम्बन्धित समाचार