शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमित थपिए, संक्रमितकाे संख्या ५३ पुग्यो

बाजुरामा पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमित थपिए, संक्रमितकाे संख्या ५३ पुग्यो

  • आइतवार, बैशाख १९, २०७८
बाजुरामा पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमित थपिए, संक्रमितकाे संख्या ५३ पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा एन्टिजेन परिक्षणबाट कोरोना १५ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या ५३ पुगेको छ । आज थप १५ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । जसमा बडिमालिका नगरपालिकामा ८ जना, बाहिरका ४ त्रिबेणी नगरपालिकामा २ र बुढिनन्दा नगरपालिकामा १ गरी १५ जनामा कोरोना संक्रमण देखीएको कार्यालय प्रमुख चन्दले बताएका छन ।
जिल्लाका बडिमालिका नगरपालिकामा २५ जना, हिमाली गाउँपालिका १३ जना रहेका छन भने बुढिगंगा नगरपालिकामा ४ जना, खप्तड छेडेदह गाउँपालिकामा २ जना संक्रमित रहेका छन स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । त्यसै गरी गौमुल गाउँपालिकामा १ जना त्रिबेणी नगरपालिकामा ३ जना र बुढिनन्दा नगरपालिकामा १ जना कोरोना संक्रमीत रहेका छन । हाल सम्म जिल्लाका स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका भने शुन्यमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको ।
५३ जना संक्रमीत मध्य १८ जना संक्रमीत आइसोलेशन र ३५ जना होम आइसोलेशनमा रहका छन । जिल्लाका बडिमालिका नगरपालिकाका ४ जना, हिमाली गाउँपालिकाका १३ जना र गौमुल गाउँपालिकाका १ जना आइसोलेशनमा रहेका स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार