शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • खशिको टाउका झुँडाई कुकुरको मासु बेच्ने पसल।

खशिको टाउका झुँडाई कुकुरको मासु बेच्ने पसल।

  • आइतवार, बैशाख १९, २०७८
खशिको टाउका झुँडाई कुकुरको मासु बेच्ने पसल।

सुरेशकुमार पान्डे।
आखिर संसदिय दल-दल खशिको टाउको झुँण्डाएर कुकुरको माशु बेच्ने पसलनै साबित हुँदै आएकोछ। अहिले पनि ओलिले लगाएको आगो प्रदेशहरुमा समेत बिस्तारै सल्किदैछ।ओलिले अहिले सम्म देखाएको देशभक्ती पुर्ण राजनीति भनेको त यस्तो पो रैछ।उन्ले जेपनि भन्छन।पहिले संघियतालाई “बाख्राको टाउकामा भैँशिको सिङ्ग”पनि भने।
अहिले उन्ले बिगतमा संसद बिघटन गरे पछि एक पछि आर्को गलति गर्दै आएको देखिन्छ।पहिले तानाशाही पुर्वक संसद बिघटन गरे र निर्वाचनको सिफारीश गरे त्यो सर्वोच्चले गलत साबित गरेपछि उन्लाई अबिस्वासको प्रस्ताबमा पासहुँन सान्सदहरुको खरिद गर्नथाले।त्यो आगो अहिले गण्डकी प्रदेशमा देखापय्रो।
गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङका बिरुद्धामा परेको अबिस्वाशको प्रस्ताबमाथि सुनाईका लागि बसेको बैठकमा उन्को आफ्नो हार निश्चित हुँने जस्को निर्णायक राजमो भयकोले राजमोका सान्सद खिमबिक्रम शाहीलाई ठिक त्यही बेला नाटकिए रुपबाट गाएब गराईयो।उनि कोविडको पहिलो जाँचमा नेगेटिव रिपोर्ट आएको एकैछिन पछि पोजेटीव मात्र बनाईएन सिरियस देखाएर उन्लाई एउटा अस्पत्तालको आई सिओमा भर्ना गराईयो।त्यो मात्रै होईन बरालका अनुसार उन्लाई मोर्नपनि सक्छन भनेर डाक्टरले समेत दबाव दिनेकाम भयो।
जब उनि लापत्ता भयको देखा परेपछि पियारी थापा जराजमोकी सचेतक संसदले उन्को जीवनरक्षाको लागि निवेदन दर्ता गराएपछि बल्ल उन्को अस्पत्तालमा भयको पुष्टी भयो।यसबारेमा छानबिन होला निश्पक्षिय छानबिन गरेपछि अबस्य पनि सच्चाई सामुन्ने आउँनेछ।
उनि बिमार साँच्चै भयका हुन वा उन्लाई अपहरण गरेर त्यँहा राखियो त्यो पनि बिस्तारै बिस्तार सार्वजनिक होलानै।त्यो भन्दा पहिले उन्ले आफै बक्तब्य सार्वजनिक गरिसकेकाछन।शाहले आफु पाल्टिको नीति निर्देशनमा आफु प्रतिबध्द रहेको बताएकाछन।उन्को यो बक्तब्य पछि पृथ्वी सुव्वा गुरुङ्को सरकार ढल्ने पनि निश्चित छ।
अहिले त्यो अबस्थाको सामना गर्ने सरकारले सान्सहरु लाई खरिद गर्न नसकेपछि अपहर्ण र धम्की पनि दिएको आरोप राजमोले लगाएकोछ।
आखिर किन यस्तो अबस्था श्रृजित हुँदैछ।देश भित्र यो गुण्डागर्दि गरेर कति दिन सरकारलाई टेकासो लगाउँन सकिन्छ।सान्सद किन बेच गर्ने धनले देशभित्र जनहितका काम गरे त उनिहरुलाई जनताले पनि भोट दिन्छन।
अहिले देशमा उत्पादनको नाउमा भ्रष्टचार बाहेक केही छैन।
एकतिर देशमा आयश्रोत छैन,आर्को तर्फ एउटा देशले आठौटा सरकार र नौवटा संसदहरु चलाउँन परिरहेकोछ।
पहिलो कुरा त देश बाट संघियता खारेज गरेपछि हाम्रो देशमा काफी धन बचत हुन्छ।अनि त्यो धनले अरुकाम गर्न सकिन्छ।सातौटा प्रदेश खारेजगरेपछि देशमा आर्थिक समस्या कमहुन्छ।त्यो रकमले देशमा स-साना उद्धोग कल कारखानाहरु खोल्यौँ भने बिदेश जाने युवाहरुलाई आफ्नै देशमा रोजगार मिल्छ।अनि देश बिस्तारै आत्मनिर्भर बन्दै जान्छ।तर सरकारले त्यो तर्फ ध्यान दिदैन बरु खालि बिदेशीहरु सँग सहयोगका लागि हात थाप्छ जस्को परिणाम साम्राज्यावादलाई देशमा आर्थिक सहयोगको नाममा आफ्नो चलखेल बढाउँने प्रसस्तै मौका मिल्छ।
अहिले देशमा आएको बिनासकारी महामारी कोरोना जसलाई नियन्तरण गर्ने तिर सरकारको ध्यायन जानुको सट्टा सान्सदहरु लाई किनेर वा धम्काएर आफ्नो सत्ताको आयु लाम्बाउँने प्रयासगर्दैछ।अनि साम्राज्यवादी एमसीसी लाई जसरी भयपनि लागुगर्ने तिर यो सरकारको मनस्तिती छ।
राजमो लाई बद्नाम गर्ने उनिहरुको सडयन्त्रपनि हुन सक्छ।तर त्यसो भन्दा यो पनि बिर्शनु हुँदैन मानिशहरु आफैपनि लालचमा पर्न सक्दैनन्।यो संसदिय दलदलमा जे पनि सम्भव छ।देशका जनताहरुले एमालेलाई जति कम्युनिष्ट भनेर भोट खसाले पनि यस्लाई फरक पर्दैन किन भने यो कम्युनिष्टनै होईन।
ओलिले भारतको ईसारामा संसद भंग गरेर उसैको सहयोगमा चुनाव जीतेर बाकि रहेका निम्न कामहरु लाई पुरा गर्ने वाचा गरेका थिए।त्यो एउटा एमसीसी लाई पारित गराउँने आर्को निशान छाप नक्सालाई रद्ध गराउँने।त्यसको लागि ओलिलाई छिमेकीले हर सम्भब सहयोग गर्नेछ।तर अब सर्वोच्चको फैसला पछि त्यो सबै बिचारमा पानि फेरीयो।तेसैले ओलिलाई अब कसरी आफ्नो सरकार बचाउँ भन्ने चिन्ताछ।परिणाम संसद हरुलाई किन्ने धम्काउँने गर्दा ठिक त्यही आगो अहिले परदेश सरकारहरुमा सल्किदै आएकोछ।आखिर जनताले बिदेशी रीण एउटाले चालिश हजार भन्दा माथि तिर्नु पर्नेछ।अरू लाग्ला तर उनिहरुको सरकार त जोगिएल,बिडम्वना देशको।

चर्चामा

सम्बन्धित समाचार