बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बाजुरा कोरानाको उच्च जोखिममा, गाउँभरी बिरामी जाँच गर्ने साधन छैन

बाजुरा कोरानाको उच्च जोखिममा, गाउँभरी बिरामी जाँच गर्ने साधन छैन

  • शनिबार, बैशाख १८, २०७८
बाजुरा कोरानाको उच्च जोखिममा, गाउँभरी बिरामी जाँच गर्ने साधन छैन

बाजुरा–बाजुरा दोस्रो चरणमा फैलिएको कोरानोको उच्च जोखिममा रहेको छ । भारत र नेपालका कोरोना प्रभाबित जिल्ला बाट बाजुरा आउनेको संख्या बढेसँगै बाजुरा कोरानाको उच्च जोखिम बनेको हो ।
चार दिन यता थोरै ८९ जनाको मात्र जाँच गर्दा ३८ जना कोरोना पोजेटिभ देखा परेको निमित्त स्वास्थ्य कार्यलय बाजुराका प्रमुख महेश चन्दले वताएका छन् । केही सम्भाबित बिरामीलाई एन्टीजेन मार्फत जाँच गर्दा ३८ जनालाई देखा परेको चन्दले वताएका छन् ।
केही दिन यता मात्र भारत बाट मात्र ५ सय भन्दा बढि जिल्लामा आएको पाईएको छ । धनगढी महेन्द्रनगर, नेपालगञ्ज, काठमाडौ तथा नेपाल भित्र बाट जिल्ला आउनेको संख्याको तथ्याङ्क कुनै नरहेपनि हजारौको संख्यामा जिल्लामा भित्रिएका छन् । कोरोनाको कहर बाट जिल्लामा भित्रिनेको संख्या निकै रहेको छ । गाउँमा कोरोनाको लक्षण भएका धेरै बिरामी भएपनि चेकजाँच गर्ने नहुदा समस्या भएको स्थानियले वताएका छन् ।
हिमाली गाउँपालिका १३ जना संक्रमित रहेका छन् । २७ जनालाई जाँच गर्दा १३ मा देखा परेको हो, निमित्त प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले वताएका छन् । भण्डारी पनि कोरोना संक्रमित भएर आइसोलेसनमा उपचार गरिरहेका छन् । आफु जस्तै लक्षण भएको गाउँपालिका भरीमा रहेको चेकजाँच गर्ने नहुँदा समस्या भएको उनले वताए ।
६ जना गाउँपालिकाका कर्मचारी र ४ जना स्वास्थ्यकर्मी संक्रमित रहेका छन् । जिल्ला बाट २५ वटा एन्टीजेन किट उपलब्ध भएपछि जाँच गर्दा ११ जना भेटिएका हुन् । २ जनाको स्वाब अछामको कमलबजार चेकगर्दा १४ जनामा देखिएको हो, जाँच गर्ने साधन भए धेरै संक्रमित हुन सक्ने भण्डारीले वताए । गाउँपालिकामा १३ जनालाई देखापरेपछि गाउँपालिकाले दिने सेवा सुबिधा देखी गाउँपालिकालाई शिल गरिएको गाउँपालिकाले जनाएको छ । जाँचको परिक्षणको दायरा बढाउनका लागि गाउँपालिकाले सहयोगको अपिल समेत गरेका छन् ।
जिल्लाभरी कोरोनाका जस्तो लक्षण भएका बिरामी गाउँगाउँमा रहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । एन्टिजेन किट थोरै रहेका छन्, संकास्मत बिरामीलाई एन्टिजेन मार्फत जाँच गर्ने गरेको कार्यलय जनाएको छ । धेरैले जाँच गर्दा कोरोना संक्रमण देखिने भएको जाँच समेत गर्न नमाने पाईएको छ । गाउँमा कोरोनाका जस्तो मिल्ने लक्षण भएका बिरामी धेरै रहेका छन्, तर चेकजाँच भने नभएको खप्तडछेडेदह गाउँपालिका १ बस्ने धन रोकायाले वताए ।
बाजुरामा पिसिआर जाँच नहुँदा चेकजाँचमा समस्या भएको छ । पिसिआर मेसिनको ब्यबस्थापनका लागि पनि कतै पहल कदमि नभएको पाईएको छ । अहिले शुदुरपश्चिम धेरै जिल्लामा पिसिआर जाँच गर्ने मेसिशनको ब्यबस्थापन भइसकेको छ ।
बाजुरा भौगोलिक हिसाबले निकै टाढा भएपनि बाजुरामा पिसिआर ल्याब ब्यबस्थापनका लागि पहल कदमी नभएको जनगुनासो रहेको छ । पहिलो चरणमा एन्टीजेन बाट जाँच गर्दा पोजेटिभ देखिएमा फलोअपमा जाँच पिसआर गर्नुपर्ने हुन्छ, तर जिल्लामा पिसिआर जाँच गर्ने मेसिन नहुँदा स्वाब संकलन गरेर जिल्ला बाहिर पठाउनु परेको बाजुरा अस्पतालले जनाएको छ । जिल्ला बाहिर पठाउदा निकै समस्या र आर्थिक भार पनि बढि हुने अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत थापाले वताए ।
बुढिगंगा नगरपालिकाले गत बर्ष नै पिसिआर मेसिन खरिदका लागि २० लाख बिनियोजन गरेको थियो । अन्य स्थानिय तहले बजेट बिनियोजन नगर्दा त्यो बेला पिसिआर खरिद गर्न नसकेको थियो । बाजुरामा पनि कोरोनाका उच्च जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यलय बाजुराले अर्को सुचना जारी नहुँदा सम्म बुधवार बाट बिद्यालय बन्द गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार