बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • कैलालीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

कैलालीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

  • शनिबार, बैशाख १८, २०७८
कैलालीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

धनगढी– कैलालीमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। कोरोना संक्रमण देखिएपछि टीकापुर अस्पतालमा उपचाररत उनको शुक्रबार साँझ मृत्यु भएको उनले बताए।

यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया महिलाको पनि मृत्यु भएको छ। बैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको शनिबार विहान १ बजेको समयमा मृत्यु भएको सूचना अधिकारी जोशीले बताए।

चर्चामा

सम्बन्धित समाचार