शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • एकैदिन कञ्चनपुरका ३ जना कोरोना संक्रमितको मृत्यु

एकैदिन कञ्चनपुरका ३ जना कोरोना संक्रमितको मृत्यु

  • शनिबार, बैशाख १८, २०७८
एकैदिन कञ्चनपुरका ३ जना कोरोना संक्रमितको मृत्यु

धनगढी– पछिल्लो २४ घण्टामा कञ्चनपुरका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष, भीमदत्त नगरपालिका–१४ की ४८ वर्षीया महिलाको महाकाली अस्पतालमा मृत्यु भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोवीन्द रोकायाले बताए। उनीहरुको संक्रमणपछि केही दिनदेखि अस्पतालमा उपचार भइरहेको थियो। दुवैको शुक्रबार राति मृत्यु भएको उनले बताए।

त्यस्तै भीमदत्त नगरपालिका–१८ का एक ६८ वर्षीय पुरुषको होमआइशोलेसन मृत्यु भएको छ। कोरोना संक्रमित ती पुरुषको पनि शुक्रबार राति नै मृत्यु भएको कोभिड सम्पर्क व्यक्ति डा. रोकायाले बताए।

चर्चामा

सम्बन्धित समाचार